दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज दिनभर आजबाट बडा दशैँ सुरु, नागरिकता विधयेक रोकेर राष्ट्रपतिले असंवैधनिक कदम चालेको गृह मन्त्रीको आरोप, गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी,गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी, विद्यार्थीहरुलाई स्वास्थ्य संस्थाको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने निर्णय लगायतका समाचारहरूले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

आजबाट बडा दशैँ सुरु
सोमबारबाट नवरात्र सुरु भएसंगै देवी मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरूको घुइँचो लागेको छ ।

भद्रकाली, शंकटा, दक्षिणकाली, रक्ताकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, कालिका स्थान, पलाञ्चोक भगवतीलगायत दशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको हो । दुर्गाको प्रतीकका रूपमा नवरात्रको पहिलो दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्नव कन्याको पूजा समेत गर्ने गरिन्छ ।

बडादशैँको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ ।

नागरिकता विधयेक रोकेर राष्ट्रपतिले असंवैधनिक कदम चालेको गृह मन्त्रीको आरोप

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधयेक रोकेर राष्ट्रपतिले असंवैधनिक कदम चालेको आरोप लगाएका छन । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयको पाँचौ स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै खाँणले संविधान मान्नुपर्ने अधिकारीबाटै यसको उल्लङ्घन हुनु दुखद भएको बताए ।

कुनै पनि नागरिक नागरिकताबाट बञ्चित हुने छैन भनी संविधानमै उल्लेख भएकाले त्यसैका आधारमा सरकारले नागरिकता विध नहुदाँ लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आएको र नागरिकता नहुँदा एउटा सिमकार्ड किन्न समेत समस्या सिर्जना भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले संघीयता कार्यान्वयनमा गठबन्धन सरकारको भूमिका राम्रो हुन नसकेको टिप्पणी गरे । त्यस्तै कार्यक्रममा रुपन्देहीका पत्रकार रामप्रसाद आचार्य, रेखा भुसाल र दाङका पत्रकार विजय घिमिरे तथा पर्यटन डिभिजन कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।

गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी,
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन ।

रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दैं श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो संघर्षको रुपमा समेत चित्रण गरे । आफूहरुले गरेको गठबन्धनको राजनीति प्रारम्भमा भएको र संस्थागत रुप लिन नसकेको उनले बताए ।

गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी
नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले मुलुकको बिकासको काम कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन । सोमबार सिन्धुपाल्चाकको वलेफी–८ जुरे, ड्यामसाईड स्थित वनसाँघु पुस्तकालय व्यवस्थापन एवम् भवन निर्माण शिलान्यास गर्दै नेता बस्नेतले मुलुकमा प्राकृतिक बिपत्तिपछि जनतामाझ जाने पार्टी कांग्रेस नै भएको र बिकासको काम कांग्रेसले मात्रै गर्न सक्ने बताएका हुन ।

नेता बस्नेतले सिन्धुपाल्चोकमा भएको पटक पटकको बिपत्तिमा पनि कांग्रेस नै अघि बढेर जनताका साथमा काम गरेको जिकिर गर्नुभयो । यसअघि कांग्रेस खोज्नुपर्ने सिन्धुपाल्चोकमा अहिले कांग्रेस नै एक नंवरको पार्टी भएको उहाको दावी छ । नेता बस्नेतले यसपटकको निर्वाचनमा पनि कांग्रेसले सानदार बिजयी हासिल गर्ने भन्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

विद्यार्थीहरुलाई स्वास्थ्य संस्थाको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने निर्णय
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीहरुलाई स्वास्थ्य संस्थाको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने निर्णय भएको जानकारी दिएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियूले आफुहरुको पटक पटकको दवाव र ध्यानाकर्षणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमतिसहित निर्णय भएको जानकारी दिएको हो । अनेरास्ववियूको पहलकदमी र संघर्षले केहि महत्वपूर्ण उपलब्धी प्राप्त गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए ।

संविधान उल्ट्याउने प्रयास भइरहेको प्रचण्डको भनाइ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान उल्ट्याउने प्रयास भएको बताएका छन ।

प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले आज भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउन षडयन्त्र भएको बताएका हुन ।

परिवर्तनको विरोधमा अहिले सामाजिक सञ्जाललाई समेत माध्यम बनाइएको उनको भनाइ छ । सामाजिक सञ्जालको प्रयोग गरेर प्रतिगमनकारीले पनि भ्रमित सूचना सम्प्रेषण गरेर जनमत सिर्जर्नो गर्ने सम्भावना रहेको प्रचण्डले जिकिर गरे ।

काँग्रेसकोशेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने
नेपाली कांग्रेसको डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाप्रति असन्तुष्ट जनाउँदै ,पार्टीमा समान न्याय र अवसरको माग गदै शेखर पक्षको दोस्रो तहका नेताहरुको बैठक ठमेलस्थित एक होटलमा आज बसेको बैठकले पर्सि असोज १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामाक एक घण्टा धर्ना दिने निर्णय गरेको हो ।

मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइने कोइराला पक्षका नेताहरुले बताएका छन् । यस्तै असोज १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।

बैठकमा केन्दीय सदस्यहरु प्रतीमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही उपस्थित रहेको थियो । पार्टीमा ४० प्रतिशत सिट मागिरहेको कोइराला समूहका नेताहरुले समानुपातिक उम्मेदवार चयनमा सभापति देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोध गर्दै आएका छन् । समानुपातिक सूचीमा रहेका नाम सच्याउनुपर्ने उनीहरुको माग छ ।

एमालेका सल्लाहकार समिति सदस्य यादवद्वारा पार्टी परित्यागको घोषणा
नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन । । नेकपा एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।

उनी २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय रहेका थिए । एमालेले धनुषा क्षेत्र नं। २ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट छन् ।

डेंगुले मृत्यु हुनेको संख्या ३२ पुग्यो
नेपालमा डेंगु संक्रमणबाट मुत्यु हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ९इडिसिडी०को पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको हो । यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि वि।सं। २०७६ सालमा लगभग १८ हजार संक्रमित देखिँदा ६ जनाको मृत्यु भएको थियो।

इडिसिडीका अनुसार संक्रमितको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ । हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ४३ जना पुगेको छ । बागमती प्रदेशमा मात्रै १९ हजार ९१० जना डेंगु संक्रमित भेटिएका छन्। यस्तै लुम्बिनी प्रदेशमा २ हजार ८८७ जना, गण्डकी प्रदेशमा ५ सय ५६ जना, मधेश प्रदेशमा ३८० जना संक्रमित भेटिएका छन् भने कर्णाली प्रदेशमा २ सय ३१ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४ जना संक्रमित भेटिएको इडिसिडीले जनाएको छ । यस्तै काठमाडौं उपत्यकामा पनि डेंगु संक्रमण तिब्र फैलिरहेको छ।

सुरुवाती समयमा ललितपुरमा संक्रमण धेरै भए पनि पछिल्लो दिनहरुमा ललितपुरमा भन्दा काठमाडौंमा डेंगु संक्रमित धेरै रहेको इडिसिडीको विवरणले देखाएको छ । विवरण अनुसार हाल काठमाडौंमा ८ हजार ८९६ जना संक्रमित छन् भने ललितपुरमा ६ हजार ३५ जना संक्रमित रहेका छन्। भक्तपुरमा पनि डेंगु संक्रमण बढ्दै गएको छ। हाल भक्तपुरमा १ हजार ५८ जना संक्रमित रहेका छन् । यस्तै मकवानपुरमा २ हजार २७५ जना, दाङमा १२७८ जना, रुपन्देहीमा ७२५ जना, चितवनमा ६०१ धादिङमा ४ सय ४९ गुल्मीमा २९९ र कैलालीमा २९८ जना डेंगु संक्रमित रहेका छन।

नेकपा समाजवादीका अछाम अध्यक्ष भट्टराई सहित २४ जना एमालेमै फर्किए
नेकपा एकीकृत समाजवादी अछामका अध्यक्ष हिरण्ड भट्टराई सहितका जिल्ला कमिटीका नेताहरू नेकपा एमालेमा समाहित भएका छन । पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको एक कार्यक्रममा उनीहरु एमालेमा फर्किएका हुन।

उनलाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, अछाम इन्चार्ज तथा केन्द्रीय सदस्य झपट बोहरा, केन्द्रीय सदस्य कर्ण चन्द लगायतका नेताहरूले स्वागत गरे । नेकपा समाजवादी अछाम अध्यक्षसहित २४ जना एमालेमा समाहित भएको केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बोहराले न्यूजगृहलाई जानकारी दिए ।

डडेल्धुरामा चुनाव लड्न चन्दा उठाउदै सागर ढकाल
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकालले चन्दा संकलन गर्न थालेका छन्। ढकालले अनलाइनमार्फत चुनाव लड्न आर्थिक सहयोग गर्न अपिल गरेका हुन्।

प्रचारप्रसारको लागि आर्थिक सहयोग आवश्यक रहेको भन्दै उनले इसेवा, खल्ती वा बैंक खातामा पैसा जम्मा गर्नका लागि ढकालले सार्वजनिक अपिल गरेका हुन्। चन्दा उठाएर चुनाव लड्न लागेको भन्दै ढकालको विरोध हुन थालेको छ। ५ वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर गुल्मीका ढकाल त्यसपछि चर्चामा आएका थिए ।

पहिरोपीडितलाई नगदसहित राहत वितरण
बैतडीको दोगडाकेदार गाउँपालिका– २ बसारका पहिरोपीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । अविरल वर्षासँगै आएको पहिरोले आइतबार घर भत्काएको झापुली नगारीको परिवारलाई गाउँपालिकाले ५० हजार नगदसहित कपडा, कम्बल, भाडाकुडा र खाद्यान्न दिएको हो ।

पहिरोले नगारीको घर भत्किँदा तीनवटा बाख्रा मर्नुका साथै घरभित्र रहेको सबै धनमाल नष्ट भएको थियो । पहिरो गएका बखत घरभित्र कोही नभएकाले मानवीय क्षती हुनबाट जोगिएको थियो । पीडित परिवारलाई तत्कालका लागि आवश्यक सामग्री र बास स्थान व्यवस्थापनका लागी रकम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए ।

दशैँमा २० लाख जनाले काठमाण्डौ उपत्यका छोड्ने
बडादशैँमा काठमाण्डौ उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या बढेको छ । अहिले दैनिकरूपमा नागढुङ्गा, साँगा भञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार जनाभन्दा माथि रहेको छ ।

यस पटक दशैँमा झन्डै २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए । अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दशैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या कम थियो । तीन वर्षअघि काठमाण्डौ उपत्यकाबाट दशैँका अवसरमा घर फर्कनेको सङ्ख्या २० लाख जनाको हाराहारीमा रहेको तथ्याङ्क छ ।

दशैँमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोङ्गबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यातायात व्यवसायीले पनि दशैँका लागि पर्याप्त गाडी उपलब्ध हुने प्रतिबद्धता जनाउँदै गाडीको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ ।

अहिले उपत्यका भित्रने गाडीको तुलनामा बाहिर जाने गाडी र यात्रुको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।

पौने १८ अर्ब रुपैयाँको तेल आयात
चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा नेपालले विभिन्न देशबाट पौने १८ अर्ब रुपैयाँको तेल आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७९ सालको साउन र भदौ महिनामा कुल १७ अर्ब ७० करोड ५८ लाख ४८ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागले जनाएको छ । सो मूल्यमा ८ करोड ६८ लाख ६८ हजार ११८ लीटर कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको छ ।

विभागका अनुसार गत २ महिनामा ९ अर्ब ८ करोड ५४ लाख २३ हजार रुपैयाँको ४ करोड २ लाख ६७ हजार २८३ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ । सोही समयमा विभिन्न देशबाट ६ अर्ब ६१ करोड ७० लाख २९ हजार रुपैयाँको ३ करोड ६६ लाख ८० हजार ५२४ लीटर कच्चा पाम तेल नेपालमा आएको छ । यस्तै, २ अर्ब ३३ लाख ९५ हजार रुपैयाँको ९९ लाख २० हजार ३ ११ लीटर कच्चा सनफ्लावर तेल नेपालले आयात गरेको छ

ब्याजदरमा हस्तक्षेप गर्ने सरकारको संकेत
सरकारले बैंक ब्याजदरमा प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत गरेको छ । उद्योगी–व्यवसायीले ब्याजदर घटाउन चर्को दबाब दिएपछि सरकारले त्यसमा हस्तक्षेप गर्ने संकेत गरेको हो ।

गत बिहीबार दोस्रो लिगलिग पालुङटार महोत्सवमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा थुपारेर उत्पादन बढाउन नसकिने भन्दै निक्षेपको ब्याजदर घटाउन लागिपरेको बताएका थिए । त्यसको तीन दिनपछि अर्थ मन्त्रालयले आइतबार ब्याजदर वृद्धि नियन्त्रण गर्ने सन्दर्भमा समिति बनाएको छ ।

मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख एवं सहसचिव बाबुराम सुवेदीको नेतृत्वमा समिति बनेको हो । देशको पछिल्लो आर्थिक अवस्था तथा व्यावसायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ताभित्र सुझाव दिन भन्दै सुझाव समिति गठन गरिएको छ ।

 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : ४४ बजे

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष