उद्योग व्यवसाय समृद्धिको आधार : मुख्यमन्त्री राई « Khabarhub

उद्योग व्यवसाय समृद्धिको आधार : मुख्यमन्त्री राई


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्योग व्यवसाय समृद्धिको आधार भएको बताए छन्। सघुपति जुटमिल विराटनगरको हिरकजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले ७५ वर्षसम्म निरन्तर उद्योग सञ्चालन भइरहनु रघुपति जुटमिलको सफलतासँगै अन्य उद्योगीका लागि प्रेरणा भएको बताए।

नेपालमा कृषिको युग रहेको र त्यति बेलाको कृषि युगमा उद्योग सञ्चालनको हिम्मत गर्नु सराहनीय भएको उल्लेख गर्दै उनले सुनसरी–मोरङमा उत्पादन हुने जुटको उपयोग गर्न उद्योग स्थापना भई यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरैलाई रोजगारी दिएको बताए ।

‘अहिले पनि तीन हजारलाई उद्योगले प्रत्यक्ष रोजगारी दिएको छ’, उनले भने, ‘अप्रत्यक्ष रुपमा थुपै्रले रोजगारी पाएका छन् । यतिमात्रै हैन उद्योगले वार्षिक साढे दुई अर्बको जुटका सामग्रीहरू निर्यात गरेर विदेशी मुद्रासमेत भित्राइरहेको बताउनुभयो ।’

मुख्यमन्त्री राईले देशको मुख्य संकल्प राष्ट्रिय पूँजीको विकास गरी दलाल पूँजीलाई विस्थापित गर्नुपर्ने समय आएको तर्क गरे । उनले सङ्घीयतामा प्रदेश सरकारलाई निम्सरो बनाइएका कारण जनताको अपेक्षाअनुसार प्रदेश सरकारले उद्योग व्यवसायको क्षेत्रमा काम गर्न नसकेको स्पष्ट पारे ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : ४१ बजे

कांग्रेस महाधिवेशन : सभापति पदमा तीन जनाको उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा