आरबी साल्जबर्गलाई हराउँदै चेल्सी नकआउट चरणमा « Khabarhub

आरबी साल्जबर्गलाई हराउँदै चेल्सी नकआउट चरणमा


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस क्लब चेल्सी मंगलबार राति आरबी साल्जबर्गमाथि २-१ को जितसहित च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।

२३औं मिनेटमा माटियो कोभासिचले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो। ४८औं मिनेटमा अडामुले गरेको गोलमा साल्जबर्ग खेलमा फर्किएको थियो।

६४औं मिनेटमा काई हाभार्टजले गरेको गोलमा चेल्सीले पुनः अग्रता लिएको थियो। जुन गोल चेल्सीलाई समूह चरण भन्दा माथि उठ्नका लागि पर्याप्त बन्यो।

पाँच खेलमा १० अंक जोडेको चेल्सी समूह इ को शीर्ष स्थानमा छ भने दोस्रो स्थानको एसी मिलानको समान खेलमा सात अंक छ। तेस्रो स्थानको साल्जबर्गको ६ र चौथो स्थानको डिनामो जागरेभको चार अंक रहेको छ।

समूह इ कै अर्को खेलमा मिलानले नकआउट चरण प्रवेशको सम्भावना जीवित राख्ने क्रममा जागरेभमाथि ४९० को जित निकाल्यो।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ९ : ३४ बजे

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका