रियल मड्रिडको हार, समूह विजेता बन्न अन्तिम खेल कुर्नु पर्ने « Khabarhub

रियल मड्रिडको हार, समूह विजेता बन्न अन्तिम खेल कुर्नु पर्ने


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साविक विजेता रियल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत समूह एफको विजेता बन्न अन्तिम खेलको नतिजा कुर्नु पर्ने भएको छ। मंगलबार राति रियल आरबी लाइपजिकसँग ३ – २ ले निराश भएको थियो।

समूह एफमा पाँच खेलमा शीर्ष स्थानको रियलको १० अंक छ भने समान खेलमा दोस्रो स्थानको लाइपजिकको नौ अंक रहेको छ। तेस्रो स्थानको सख्तर डोनेक्सको ६ र चौथो स्थानको सेल्टिकको मात्र दुई अंक छ।

समूहको अन्तिम खेलमा रियलले सेल्टिकको सामना गर्नेछ। सो खेल जितेमा रियाल समूह विजेता बन्ने छ। यस समूहबाट रियल यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ। लाइपजिकलाई नकआउट चरणमा स्थान बनाउन तेस्रो स्थानको सख्तर डोनेक्ससँग हार टार्नु पर्ने हुन्छ।

१३औं मिनेटमा जोस्को जिभारडियोलको गोलमा रियलले लाइपजिकले अग्रता लिएको थियो। १८औं मिनेटमा एनकुन्कुले गरेको गोलमा लाइपजिकले अग्रता दोब्बर पारेको थियो।

४४औं मिनेटमा भिनिसियस जुनियरको गोलमा रियलले खेलमा फर्कने संकेत गरेको थियो। ८१औं मिनेटमा टिमो वार्नेरले लाइपजिकका लागि तेस्रो गोल गरे। इन्जुरी समयको तेस्रो मिनेटमा रोर्डिगोले पेनाल्टीको सदुपयोग गर्दै रियाललाई खेलमा फर्काउने संकेत गरे पनि त्यो पर्याप्त भएन।

समूह ‘एफ’ कै अर्को खेलमा सख्तर डोनेक्स र सेल्टिकले १ – १ को बराबरी खेले।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १० : ०७ बजे

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका