रियल मड्रिडको हार, समूह विजेता बन्न अन्तिम खेल कुर्नु पर्ने « Khabarhub

रियल मड्रिडको हार, समूह विजेता बन्न अन्तिम खेल कुर्नु पर्ने


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साविक विजेता रियल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत समूह एफको विजेता बन्न अन्तिम खेलको नतिजा कुर्नु पर्ने भएको छ। मंगलबार राति रियल आरबी लाइपजिकसँग ३ – २ ले निराश भएको थियो।

समूह एफमा पाँच खेलमा शीर्ष स्थानको रियलको १० अंक छ भने समान खेलमा दोस्रो स्थानको लाइपजिकको नौ अंक रहेको छ। तेस्रो स्थानको सख्तर डोनेक्सको ६ र चौथो स्थानको सेल्टिकको मात्र दुई अंक छ।

समूहको अन्तिम खेलमा रियलले सेल्टिकको सामना गर्नेछ। सो खेल जितेमा रियाल समूह विजेता बन्ने छ। यस समूहबाट रियल यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ। लाइपजिकलाई नकआउट चरणमा स्थान बनाउन तेस्रो स्थानको सख्तर डोनेक्ससँग हार टार्नु पर्ने हुन्छ।

१३औं मिनेटमा जोस्को जिभारडियोलको गोलमा रियलले लाइपजिकले अग्रता लिएको थियो। १८औं मिनेटमा एनकुन्कुले गरेको गोलमा लाइपजिकले अग्रता दोब्बर पारेको थियो।

४४औं मिनेटमा भिनिसियस जुनियरको गोलमा रियलले खेलमा फर्कने संकेत गरेको थियो। ८१औं मिनेटमा टिमो वार्नेरले लाइपजिकका लागि तेस्रो गोल गरे। इन्जुरी समयको तेस्रो मिनेटमा रोर्डिगोले पेनाल्टीको सदुपयोग गर्दै रियाललाई खेलमा फर्काउने संकेत गरे पनि त्यो पर्याप्त भएन।

समूह ‘एफ’ कै अर्को खेलमा सख्तर डोनेक्स र सेल्टिकले १ – १ को बराबरी खेले।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १० : ०७ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ