बंगलादेशमा आएको सितरंग आँधीका कारण २४ जनाको मृत्यु « Khabarhub

बंगलादेशमा आएको सितरंग आँधीका कारण २४ जनाको मृत्यु


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा आएको सितरंग नामक आँधीबाट २४ जनाको मृत्यु भएको छ । बंगालको खाडीमा उत्पन्न सितरंग आँधीले तटीय क्षेत्रमा हावाहुरीसँगै भारी वर्षा गराएपछि उनीहरुको मृत्यु भएको हो ।

आँधीका कारण ८० लाख मानिसहरुमाझ विद्युतको आपूर्ति ठप्प भएको छ । बंगलादेश सरकारका अनुसार आँधीले १० हजार घरमा क्षति पुगेको छ भने ६ हजार हेक्टरमा लगाइएका अन्नबाली पनि नष्ट भएको छ ।

आँधीले बंगलादेशको दक्षिणी एवम् दक्षिण–पश्चिमी क्षेत्रलाई प्रभावित बनाएको जनाइएको छ । अधिकांश मृतक ढलेको रुखले किचेर र भत्केको घरको भग्नावशेषमा पुरिएर मारिएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशको युनाइटेड न्युज अफ बंगलादेश नामक समाचार संस्थाका अनुसार आँधीबाट आएका बाढीका कारण मुलुकको दक्षिणी भोला जिल्लामा २० हजार मानिसहरु फँसेका छन् ।

अधिकारीहरुले आँधीबाट जोगाउन लाखौँ मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको जनाएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : १० बजे

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको