देउसी भैलीको मौलिकपन जोगाउनै मुस्किल | Khabarhub Khabarhub

देउसी भैलीको मौलिकपन जोगाउनै मुस्किल


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लक्ष्मीपूजाको दिन भैली र गोबद्र्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा विस्तारै लोपहुँदै गएको छ । झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आगनभरी घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि विरलै देख्न पाइन्छ । सहरी क्षेत्रमा तिहार पर्व प्रारम्भ हुने बित्तिकै लक्ष्मीपूजा वा गोबद्र्धन पूजा नै नगरी देउसी खेल्न प्रारम्भ गरिन्छ । त्यो देउसीमा चलचित्र गीत, माया पिरतीका गीत, पप, र्‍याप गीत गाउने गएर देउसीभैली खेल्ने गरेको देखिन्छ ।

पोखरा लेकसाइडमा खेलिएको देउसीको गीत । त्यो देउसी गीतमा भनिएको छ, ‘कहाँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जति माया त लालुमै किन होला कसैको लाग्दैन ।’ पोखरामा मात्र होइन । राजधानी काठमाडौँ, चितवन, विराटनगर, नेपालगञ्ज, बुटवल, हेटौँडाजस्तो देशका धेरैजसो सहरी क्षेत्रमा र केही मात्रामा ग्रामीण क्षेत्रमा अहिले देउसी र भैलीमा अन्य गीतहरू गाउने चलन बढ्दै गएको छ । यस्ता कार्यले देउसीभैलीमा नेपालीपन मासिँदै जाने जोखिम देखिएको छ ।

धार्मिक तथा संस्कृतिविद् डा गोविन्द टन्डनका अनुसार तिहार पर्वमा देउसीभैली खेल्ने मौलिकपन हराउँदै गएको छ । ‘तिहारमा बत्ती र फूलको झिलिमिलीमा जुन पवित्र उद्देश्यका साथ देउसीभैली खेलिन्थ्यो’ उनले भने, ‘अहिले र सिमेनामा गीत गाएर नाच्ने, भोजपुरी, अन्य गीतमा नाच्ने गाउने गरेको देखिन्छ, त्यो त्यो तिहारको संस्कृति होइन ।’ तिहारको महत्व बुझाउनका लागि राज्यले पाठ्यपुस्तकमा विस्तृतरुपमा राख्ने, अन्य कार्यक्रम आफैले आयोजना गरेर मौलिकपनलाई जोगाइ राख्नुपर्ने उनको भनाइ छ । 

सांस्कृतिक विचलन देखियोः  डा टन्डन

धार्मिक मान्यता अनुसार अहिले देउसीभैली खेल्न प्रचलनमा कमी आएको छ । ‘धार्मिक मान्यता अनुसार देउसीभैली खेल्ने मूल तत्व हराउन थाल्यो, सिनेमाको गीत गाएर, अरुअरु गीत गाएर नाच्न थाले’ सांस्कृतिविद् डा टन्डनले थपे, ‘ऐतिहासिक र पुरानो शैलीलाई छाड्दै गएर अन्य गीतमा नाच्नु संस्कृति विचलन हो ।’ तिहार अर्थात यमपञ्चकको पाँच दिन नै अत्यन्तै महत्वपूर्ण भए पनि राज्यले यो पर्वको महत्व बुझाउने गरेको नपाइएको उनको बुझाइ छ । तिहार सयपत्री, गोदावरी र मखमलीको पर्व मात्र होइन । फूलको व्यापार गरेर आम्दानी पनि गर्न सकिन्छ । तिहारमा जुन जुन जनावरको पूजा गरिन्छ । ती सबै मानिसको जीवनमा अत्यन्तै नजिकबाट जोडिएका छन् ।  

देउसी भैलीको ऐतिहासिक पक्ष

देउसीभैली भन्ने बित्तिकै तिहार पर्व भन्ने बुझिन्छ । तर तिहार पर्व कहिले रु कुन मितिबाट प्रारम्भ भयो रु भन्ने यकिन नभए पनि  झिलिमिली पर्वका रुपमा तिहार मनाउनुका विभिन्न आधार छन् । धार्मिक ग्रन्थ रामायणमा भगवान रामले वनबास सकेर आएपछि अयोध्यामा फर्केपछि खुसियाली मनाउनका लागि दिपावली गरिएको भन्ने प्रसङ्ग छ । अर्को प्रसिद्ध धामिक प्रसङ्ग बलि राजासँग जोडिएको छ । राजा बले शक्तिशाली र धनाढ्य दानव अहंकारी राजा थिए । बलिराजाको मुख्य उद्देश्य भनेको देवीदेवतालाई आफ्नो अधीनमा कजाएर राख्ने थियो । त्यसले गर्दा देवीदेवतामा त्रास बढ्दै गयो । सबै देवीदेवता मिलेर एक दिन भगवान विष्णुसँग गएर भने । त्यो सुनेपछि भगवान विष्णुले सानो भिक्षु भनेर बलि राजाको कहाँ गए।

 राजा बलिले तिमी यति सानो मान्छे किन भिक्षा मागेर हिँड्छौँ । मेरो आधी राज्य दिन्छु यही बस भने तर भिक्षुले म यति सानो भिक्षा मागेर हिँड्ने मान्छे हुँ । मलाई यत्रो राज्य के गर्नु ? बरु मलाई तीन पहिला जमिन दिनुहोस् । त्यति भए मलाई पुग्छ भने । राजा बलिले हुन्छ भने । भगवान विष्णुले आफ्नो विराट रुप धारण गरी एक पहिला टेक्दा पृथ्वी पूरै ढाकियो, अर्को पाहिला टेक्दा अन्तरिक्ष पूरै ढाकियो । तेस्रो पाहिला टेक्ने ठाउँ भएन । भगवान विष्णुले बलि राजालाई तेस्रो पाइला कहाँ राखु भनेर सोध्नुभयो । बलिराजाले कही ठाउँ नदेखे पनि मेरो शिरमा राख्नुहोस भनेर भने। भगवान विष्णुले देउ शिर भने। एउटा पाइला शिरमा राखे । त्यही ‘देउ शिर’ भन्ने शब्दलाई पछि देउसी रे भन्न थालियो । धार्मिक तथा संस्कृतिविद् डा टन्डनका अनुसार सुरुमा देश शिर भनिएपछि यसैलाई खुसियालीमा रुपमा दउेसी खेल्दै जाँदा ‘देउसी रे’ भन्न थालियो । धार्मिक तथा ऐतिहासिक रुपमा विशेष महत्व बोकेर मनाउन थालिएको तिहार पर्वका अवसरमा महत्वका साथ खेलिने देउसी भैलीलाई अहिले आधुनिकताका नाममा आफ्नो मौलिक सांस्कृतिक परम्परालाई भुल्दै गएको देखिन्छ । 

–कालिका खड्का रासस

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : ५३ बजे

सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने

कुश्मा- पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीमाथि निर्मित एशियाकै

दोर्दी खोलामा एक युवक बेपत्ता

लमजुङ – यहाँस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध

आवश्यक संरचना निर्माण गरेर सहकारी व्यवस्थापन गर्छौं : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी

‘उपयुक्त वातावरण बनेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ’

सुदूरपश्चिम– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले उपयुक्त वातावरण