इण्डोनेशियामा अजिङ्गरले सिङ्गै निलेको महिलाको शव फेला « Khabarhub

इण्डोनेशियामा अजिङ्गरले सिङ्गै निलेको महिलाको शव फेला


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इण्डोनेशियामा अजिङ्गरले निलेको अवस्थामा एक जना महिलाको सिङ्गो शव फेला परेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अजिङ्गरले सिङ्गै निलेको अवस्थामा ५० वर्षे जाहरा नामक महिलाको शव फेला परेको हो । रबर किसान रहेकी उनी काम गर्न गएको लामो समयसम्म नफर्केपछि खोजी कार्य थालिएको थियो ।

पछि गाउँलेहरुले ठूलो पेट भएको अजिङ्गर फेला पारेका थिए । बीबीसीका अनुसार स्थानीयहरुले १६ फिट लामो अजिङ्गर मारेर पेटबाट ती महिलाको सिङ्गो शव निकालेका थिए ।

इण्डोनेशियामा अजिङ्गरले मानिसलाई खाएका घटनाहरु बेलाबेला सार्वजनिक हुने गरेका छन् । यसअघि सन् २०१८ र सन् २०१७ मा पनि यस्तै घटनाहरु सार्वजनिक भएका थिए ।

अजिङ्गरले आफ्नो आहारा सिङ्गै निल्ने गरेका छन् । वन्यजन्तु विज्ञहरुका अनुसार अजिङ्गरले प्रायः मुसा लगायतका जनावरलाई आहारा बनाउँछन् ।

यद्यपि निश्चित आकारमा पुगेपछि भने अजिङ्गरले गाइवस्तु, बङ्गुर र दुर्लभ अवस्थामा मान्छेसमेत खाने गरेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ४ : २४ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा