सुदूरपश्चिममा एमालेका तीन नेता कारबाहीमा « Khabarhub

सुदूरपश्चिममा एमालेका तीन नेता कारबाहीमा


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेले सुदूरपश्चिमका तीन जिल्लाका तीन नेतालाई कारबाही गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार तीन नेतालाई कारबाही गरेको हो ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डये (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाट निष्कासित गरिएको हो ।

उनीहरूलाई पार्टीको विधानको धारा ८१ ९१० बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको एमालेले जनाएको छ ।उनीहरूले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ । 

एमाले सुदूरपश्चिमले पार्टी विधानको धारा ८० ९६० बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ५ : ५९ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर