युक्रेनमाथि संयुक्त आक्रमणको त्रासबीच रुसद्वारा बेलारुसमा पुनः सैनिक तैनाथ « Khabarhub

युक्रेनमाथि संयुक्त आक्रमणको त्रासबीच रुसद्वारा बेलारुसमा पुनः सैनिक तैनाथ


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले आफ्ना फौजलाई छिमेकी मुलुक बेलारुसमा तैनाथ गरेको छ । युक्रेनको उत्तरी सीमाबाट रुस र बेलारुसले संयुक्त रुपमा आक्रमणको तयारी गरिरहेको आशंकाबीच रुसले बेलारुसमा हजारौँ सैनिक तैनाथ गरेको बीबीसीले जनाएको छ ।

यससँगै युक्रेनी सेनाले आफ्नो मुलुकमाथि आक्रमण नगर्न बेलारुसविरुद्ध चेतावनी जारी गरेको छ । युक्रेनी सेनाले भिडियो सार्वजनिक गर्दै आफ्नो मुलुकमाथि आक्रमण नगर्न बेलारुसलाई चेतावनी दिएको बीबीसीले जनाएको छ ।

यसअघि गत फेब्रुअरीको अन्तिम सातामा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्दा पनि रुसी फौज बेलारुसबाट उत्तरी युक्रेनमा प्रवेश गरेका थिए । पछिल्लो समय रुसी फौज पुनः बेलारुस प्रवेश गरेको समाचार सार्वजनिक भएसँगै फेरि रुसले बेलारुसी सेनासँग मिलेर युक्रेनको उत्तरी सीमाबाट आक्रमण गर्नसक्ने आशंका उत्पन्न भएको जनाइएको छ ।

‘तपाईहरुको नेतृत्वले बेलारुसलाई यो फोहोरी युद्धमा होमेर मृत्यु र रगतले लतपताउने योजना बनाइरहेका छन् ।’ युक्रेनी सेनाले जारी गरेको भिडियोमा उल्लेख गरिएको छ, ‘यदी बेलारुसी सेनाले रुसी आक्रमणको साथ दिएमा हामी हाम्रो सम्पूर्ण हतियारले जवाफ दिनेछौँ ।’

युक्रेनको दक्षिणी सहर खेर्सन र डोनबास क्षेत्रमा जारी युद्धमा रुसी सेनाले अनपेक्षित रुपमा कमजोर प्रदर्शन गरिरहेका बेला उत्तरी युक्रेनबाट रुस र बेलारुसले पुनः आक्रमण गर्नसक्ने आशंका उत्पन्न भएको बताइएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनका निकट साझेदार बेलारुसी राष्ट्रपति अलेक्जाण्डर लुकासेन्कोसमक्ष रुसले युक्रेनमा जारी आक्रमणमा आफ्नो मुलुकलाई साथ दिन दबाब दिइरहेको बीबीसीले जनाएको छ । यद्यपि लुकासेन्को युक्रेनमा जारी असफल युद्धमा रुसलाई साथ दिने मनस्थितीमा नरहेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ६ : ०९ बजे

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन

राप्रपाका एकमात्रै सांसद ज्ञानेन्द्र शाहीको चुनाव खर्च २० लाख ५५ हजार रुपैयाँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट यस पटकको निर्वाचनमा एकमात्रै

कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत

कर्णाली– कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

पाँचथर– कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो ।