युक्रेन र आईएमएफबीच छलफल « Khabarhub

युक्रेन र आईएमएफबीच छलफल


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आर्थिकलगायत आवश्यक सहयोगका विषयमा युक्रेन र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच छलफल भएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस सामहाल र आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियाभाबीच यसबारे छलफल भएको हो ।

युक्रेन र आईएमएफका बीचमा हुनसक्ने थप र नयाँ सहयोगका विषयमा उनीहरुबीच कुराकानी भएको बताइएको छ । युक्रेनका प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी दिएको हो ।

प्रधानमन्त्री सामहालले आगामी सन् २०२३ मा युक्रेनमा आईएमएफको नयाँ आयोजना सुरु हुने बताएका छन् ।

जर्मनीको बर्लिनमा भएको सो छलफलका क्रममा उनले युक्रेनलाई थप सहयोग आवश्यक रहेको बताएका थिए । यस क्रममा आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिनाले पनि युक्रेनका लागि आईएमएफको सहयोग निरन्तर रहेको र आगामी वर्ष नयाँ कार्यक्रमका ल्याइने बताएकी थिइन् ।

यस वर्षमात्र युक्रेनले आईएमएफबाट दुई अर्ब सात करोड अमेरिकी डलर सहयोग प्राप्त गरेको छ । सो सहयोगलाई निरन्तरता दिँदै युक्रेनका लागि आगामी वर्ष नयाँ कार्यक्रम ल्याइने आईएमएफले जनाएको छ ।

युक्रेनमाथि रुसले हमला गरेपछि युक्रेनको अर्थतन्त्र नाजुक बनेको छ । यसबाहेक कतिपय भौतिक संरचनाको पुनर्निमाणका क्षेत्रमा पनि युक्रेनलाई सहयोग आवश्यक रहेको बताइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ६ : २७ बजे

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन

राप्रपाका एकमात्रै सांसद ज्ञानेन्द्र शाहीको चुनाव खर्च २० लाख ५५ हजार रुपैयाँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट यस पटकको निर्वाचनमा एकमात्रै

कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत

कर्णाली– कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

पाँचथर– कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो ।