अब एप्पलले युएसबी–सी चार्जरबाट चार्ज हुने आईफोन बनाउने « Khabarhub

अब एप्पलले युएसबी–सी चार्जरबाट चार्ज हुने आईफोन बनाउने


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अब युएसबी–सी चार्जरबाट चार्ज गर्न मिल्नेगरी आईफोनको उत्पादन हुने भएको छ । आईफोन निर्माता कम्पनी एप्पलका कार्यकारी ग्रेग जोस्वियाकले क्यालिफोर्नियामा आयोजित एक प्रविधि सम्मेलनमा अब युएसबी–सी चार्जरबाट समेत चार्ज गर्न मिल्नेगरी आईफोनको उत्पादन गरिने जानकारी दिएका हुन् ।

युरोपेली युनियनले नयाँ प्रावधान जारी गरेसँगै एप्पल कम्पनीले युएसबी–सी चार्जरबाट चार्ज गर्न मिल्ने आईफोन उत्पादन गर्न लागेको हो ।
यसै महिनाको सुरुमा युरोपेली संसाद्ले चार्जरसम्बन्धी नयाँ प्रावधान पारित गरेको थियो ।

युरोपेली युनियनको नयाँ प्रावधान अनुसार सन् २०२४ को अन्त्यबाट सबै मोबाइल फोन, ट्याबलेट, क्यामेरा र अन्य साना उपकरणमा युएसबी–सी चार्जर प्रयोग गर्नुपर्ने छ ।

विद्युतीय फोहोरमा कमी ल्याउन एवम् उपभोक्ताको जीवनलाई सहज बनाउन युरोपेली युनियनले नयाँ प्रावधान जारी गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ८ : ०५ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ