राहुलको चाहनाअनुसार खड्गेलाई काङ्ग्रेस अध्यक्ष चयन गरिएको राजस्थानका मुख्यमन्त्रीको खुलासा « Khabarhub

राहुलको चाहनाअनुसार खड्गेलाई काङ्ग्रेस अध्यक्ष चयन गरिएको राजस्थानका मुख्यमन्त्रीको खुलासा


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको राजस्थान राज्यका मुख्यमन्त्री एवम् काङ्ग्रेस नेता अशोक गहलोतले राहुल गान्धीको चाहनाअनुसार मल्लिकार्जुन खड्गेलाई पार्टीको सर्वोच्च पदमा निर्वाचित गरिएको खुलासा गरेका छन् ।

एकपटक गैरगान्धी परिवारबाट पार्टीको अध्यक्ष बनाउने राहुल गान्धीको अभिलाषाअनुसार निर्वाचनको अन्तिम समयमा उनले उम्मेदवारी नदिएर खड्गेलाई उम्मेदवार उठाइएको उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताएका हुन् ।

राहुल गान्धीलाई देशको सबैभन्दा ठूलो र पुरानो पार्टीको अध्यक्ष बनाउन अन्तिम समयसम्म पार्टीभित्र प्रयास जारी रहेको उनले बताए ।

सत्तारुढ भारतीय जनता पार्टी भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई चुनौती दिनसक्ने राहुलमात्र एक्लो व्यक्ति रहेको भन्ने निष्कर्षमा पुगेर नेताहरु गान्धीलाई नै अध्यक्ष बनाउने पक्ष रहेको समेत उनले खुलाए ।

यद्यपि उनले पितामाताको बिरासतबाहिरका व्यक्तिलाई एकपटक नेतृत्वको अवसर दिइनुपर्नेमा जोड दिएपछि अन्तिम घडीमा निर्णय परिवर्तन भएको मुख्यमन्त्री गहलोतले स्पष्ट पारे ।

पार्टीमा कूटनीतिज्ञका रूपमा चिनिएका शशी थरूससँग भएको अध्यक्षको प्रतिस्पर्धामा खड्गेले सात हजार आठ सय ९७ मत पाएका थिए भने थरुरले एक हजार ७२ मत प्राप्त गरेका थिए ।

निर्वाचित भएपछि खड्गेले प्रजातन्त्रको सुदृढीकरण र लोकतन्त्रको रक्षालाई भारतीय काङ्ग्रेस पार्टीले सधैँ केन्द्रमा राखेको तथा ७५ वर्षदेखि त्यसैमा लागि परेको बताएका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ९ : २० बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा