७ वर्षदेखि फरार अभियुक्त पक्राउ « Khabarhub

७ वर्षदेखि फरार अभियुक्त पक्राउ


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले ७ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला अदालत उदयपुरले ०७२ असार १५ गतेको फैसलामा दोषी करार गरे पनि फरार रहेका रौतामाई गाउँपालिका–७ मुर्कुचीका चन्द्रबहादुर राना मगरलाई त्रियुगा नगरपालिका–५ दमौटीबाट पक्राउ गरेको हो।

ज्यान मार्ने मुद्दामा अदालतले ६ वर्ष कैद सजाय तोकि फरार रहेका मगरलाई गोप्य सुराकीका आधारमा त्रियुगा नगरपालिका-५ दमौटीस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको विशेष टोलीले मगरलाई पक्राउ गरेको सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए।

पक्राउपछि जिल्ला प्रहरी कार्यालय ल्याइएका ५३ वर्षीय मगरलाई शुक्रबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाएको छ। प्रहरीले बुझाए लगत्तै अदालतले कैद सजाय भुक्तानका लागि मगरलाई कारागार शाखा गाईघाट पठाएको जनाएको छ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ५४ बजे

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको