नुवाकोट-२ (ख) बाट कांग्रेसका बहादुरसिंह विजयी « Khabarhub

नुवाकोट-२ (ख) बाट कांग्रेसका बहादुरसिंह विजयी


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेश–२ मा नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन् ।

आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका तामाङ १७ हजार दुई सय ४९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजयसिंह लामा (तामाङ)ले नौ हजार एकसय २४ मत ल्याएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

यसअघि विसं २०७४ मा प्रतिनिधिसभा सदस्यमा समानुपातिक प्रणालीबाट सांसद भएका तामाङ विसं २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट साझारुपमा कांग्रेसका उम्मेदवार बहादुरसिंहले एमालेको उम्मेदवार विजयी सिंहभन्दा आठ हजार एक सय २५ बढी मत ल्याएर निर्वाचित भएका हुन् ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रणप्रसाद न्यौपानेले दुई हजार छ सय २६, मङ्गोल नेशनल अर्गनाइजेशनका दिलमान तामाङले एक हजार ९०, हाम्रो नेपाली पार्टीका वसन्त सापकोटाले सात सय ३० र स्वतन्त्र उम्मेदवार सिंहराज लामाले ३० मत प्राप्त गरे ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटको दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा सदस्यको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एक–एक र प्रदेशसभामा दुई–दुई पद भागबण्डा गरेअनुसार सबै स्थानमा विजयी हासिल गर्न सफल भएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : ३५ बजे

इलाम १ : कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा, नयाँतिर देखिएन आकर्षण

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलाम यस पटक विशेष चासोसाथ

सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

महेन्द्रनगर– कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै