नुवाकोट–१ (क) बाट माओवादीको राधिका विजयी « Khabarhub

नुवाकोट–१ (क) बाट माओवादीको राधिका विजयी


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (१) मा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार राधिका तामाङ निर्वाचित भएकी छन् ।

आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार एक सय ६९ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सुशीलकुमार खड्काले ११ हजार तीनसय ५० मत ल्याएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए। यसअघि सोही प्रदेशसभाबाट निर्वाचित भएकी तामाङले यो पटकको चुनावमा एमालेका उम्मेदवार खड्काभन्दा चार हजार आठसय १९ मतान्तरले विजयी भइन् ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामु पण्डितले एक हजार पाँच सय नौ, नेकपा (एकीकृत समाजवादी)का राजेश थापाले दुई सय ८२, मङ्गोल नेशनल अर्गनाइजेशनका कर्म तामाङले एक सय ८५, जनसमाजवादी पार्टीका शेरबहादुर विश्वकर्माले एक सय ६७ र नेपाल मजदुर किसान पार्टीका काशीलाल डङ्गोलले एक सय तीन मत प्राप्त गरे ।

यही मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा खसेको कूल ३१ हजार एक सय सात मतगणना हुँदा २९ हजार सात सय ६५ मत सदर भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले बताए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : ४३ बजे

इलाम १ : कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा, नयाँतिर देखिएन आकर्षण

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलाम यस पटक विशेष चासोसाथ

सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

महेन्द्रनगर– कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै