ओली–प्रचण्डको सत्ता सहयात्रा फेरि सम्भव छ ? « Khabarhub

कमजोर धरातलमा कम्युनिष्ट

ओली–प्रचण्डको सत्ता सहयात्रा फेरि सम्भव छ ?

कांग्रेसको अन्तर्घात र प्रचण्डको स्वभावले ‘कम्प्रोमाइज’ गर्ला ?


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -आम चुनाव २०७९ को सम्पूर्ण नतिजा नआउँदै सत्ता गठबन्धन र कम्युनिष्ट दलहरुको प्रवृत्तिबारे अनेक टिप्पणी सुरु भएको छ । खासगरि बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको टेलिफोनले नयाँ राजनीतिक तरंग ल्याएको हो ।

यद्यपि दुवै नेताहरुमा आगामी दिनमा फेरि सहकार्य गर्न सकिने सम्भावना जीवितै रहेको औल्याएको छ । तर यसपटकको चुनावमा कांग्रेसभित्रै भएको अन्तर्घात र सत्ता गठबन्धनकै उम्मेदवारले व्यहोरेको हारले केही न केही प्रश्न भने जीवित राखेको छ ।

कांग्रेसभित्रैको अन्तर्घातमा केही नेता र खासगरि युवाहरुको लहर ल्याउने सक्ने क्षमता बोकेका गगन थापामाथि शंका गरिएको छ । कांग्रेसभित्रको अन्तर्घातले जसरी युवा र स्वतन्त्र उम्मेदवार आएका छन्, यसले उमेरमा ६० र ७० कटेका नेताहरुलाई अब राजनीतिमा टिक्न मुस्किल बनाएको छ ।

त्यो पनि सबैभन्दा बढी नेपाली कांग्रेसभित्रै । त्यसकारण कांग्रेसभित्रको अन्तर्घात यदि सरकार बनाउँदा पनि देखिने हो भने त्यसको असरी दीर्घकालीन हुने पक्का छ । त्यसमाथि प्रचण्डजस्ता नेताहरुसँगको सहकार्यमा कांग्रेस होसियार नहुने र केवल आफैले सबै थोक पाउनुपर्ने दाबी गरिरहन्छ, भने अहिले सत्ता गठबन्धनले प्राप्त गरेको जनमत फेरि दुई वर्षमै पानीमा जान सक्छ ।

ओली र प्रचण्डको टेलिफोनले सञ्चारमाध्यममा प्राथमिकता पाउनुको मुख्यकारण वाम गठबन्धन अहिलेको नतिजाले धेरै सजिलो देखिन्छ । किनकि यसपटक जति पनि एमाले नेता कार्यकर्ताले हारेका छन् त्यो भन्दा बढी माओवादी नेता कार्यकर्ताले चुनाव हारेका छन् ।

एमाले कार्यकर्ताले स्वाभाविक रुपमा चुनाव हार्ने प्रक्षेपण थियो । तर माओवादी नेता कार्यकर्ताले भने चुनाव जित्नैका लागि कांग्रेससँग गठबन्धन गरेका थिए । जुन आपसी सहमतिअनुसार भएन । पाएको थोरै सिटमा समेत पराजय भोगेपछि माओवादी अध्यक्ष प्रचण्ड सोच मग्न भएका छन् । उनले मुखै खोलेर सत्ता गठबन्धन अपेक्षित रुपमा सफल नभएको टिप्पणी गरिसकेका छन् ।

यसले कांग्रेसलाई धेरै असर गर्ने छैन । तर यसपटकको चुनावमा पहिलो भएको कांग्रेस फेरि प्रतिपक्षमा धकेलिने अवस्थामा भने निश्चित रुपमा पुगेको छ ।

यदि असाध्यै अस्थिर स्वभावका प्रचण्डले प्रधानमन्त्री बन्ने कुरामा कम्प्रोमाइज गर्न सकेनन् र चुनावमा व्यहोरेको घातको बदला लिने हुन् भने कांग्रेससँगको गठबन्धन तोडिन सक्छ । यदि कांग्रेस एक्लियो भने एमाले, माओवादी, नेकपा समाजवादी, राप्रपा लगायत दल मिलेर सरकार बनाउने सम्भावना हुन्छ ।

किनकि समानुपातिक भोटले गर्दा यसपटकको चुनावमा एमाले र कांग्रेसको साइज खासै ठूलो छैन । बढीमा १० देखि १५ सिटको मात्रै फरक हुने देखिन्छ । यस्तो अवस्थाले एमालेलाई सरकार बनाउन माओवादी, समाजवादी, जसपादेखि राप्रपाको सम्मको साथ भएमा असम्भव देखिँदैन ।

त्यसमाथि गगन थापा जसरी पनि प्रधानमन्त्री बनिछाड्ने अडानमा छन् । उनकै कारण कांग्रेसले धेरै ठाउँमा अन्तर्घात व्यहोरेको स्वर चर्कोगरि बालुवाटार पुगेको छ । त्यसमाथि स्वभाव र सिद्धान्त मिल्ने भएका कारण कमजोर धरातलका कम्युनिष्ट मिल्न र छुट्न बेर लगाउँदैनन् ।

त्यसैले यस्तो अवस्थामा देउवा र प्रचण्डको समझदारी कति बलियो रहन्छ, त्यसले आगामी सत्तायात्राको बाटो तय गर्छ । त्यति मात्रै होइन, प्रचण्डको स्वभाव र महत्वाकांक्षालाई देउवाले कसरी ‘डिल’ भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ । अन्यथा सत्ता गठबन्धनबाट प्रचण्ड ‘फ्याक्टर’ले गर्दा वाम गठबन्धन बन्न समय लाग्दैन । असम्भव देखिँदैन ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १० : १८ बजे

राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा

मतदाता शिक्षाका लागि जुम्लामा स्वयंसेवक परिचालित

जुम्ला– जिल्ला निर्वाचन कार्यालय जुम्लाले यही फागुन २१ गते हुने

महामन्त्री पौडेललाई बुद्धिजीवीको शुभकामना : कांग्रेसबाट परिवर्तनको आशा जागेको छ

काठमाडौ– पेशाकर्मी तथा बुद्धिजीवीहरूले नेपाली कांग्रेसमा आएको परिवर्तनले देशमा आशा

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९०

महाशिवरात्रिको अवसरमा क्रिएसनले खटायो पाँच सय सफाइकर्मी  

काठमाडौं–  क्रिएसन नेपालले सफा गरौँ अभियान अन्तर्गत महाशिवरात्रि पर्वको अवसरमा पाँच