ओली–प्रचण्डको सत्ता सहयात्रा फेरि सम्भव छ ? | Khabarhub Khabarhub

कमजोर धरातलमा कम्युनिष्ट

ओली–प्रचण्डको सत्ता सहयात्रा फेरि सम्भव छ ?

कांग्रेसको अन्तर्घात र प्रचण्डको स्वभावले ‘कम्प्रोमाइज’ गर्ला ?


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -आम चुनाव २०७९ को सम्पूर्ण नतिजा नआउँदै सत्ता गठबन्धन र कम्युनिष्ट दलहरुको प्रवृत्तिबारे अनेक टिप्पणी सुरु भएको छ । खासगरि बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको टेलिफोनले नयाँ राजनीतिक तरंग ल्याएको हो ।

यद्यपि दुवै नेताहरुमा आगामी दिनमा फेरि सहकार्य गर्न सकिने सम्भावना जीवितै रहेको औल्याएको छ । तर यसपटकको चुनावमा कांग्रेसभित्रै भएको अन्तर्घात र सत्ता गठबन्धनकै उम्मेदवारले व्यहोरेको हारले केही न केही प्रश्न भने जीवित राखेको छ ।

कांग्रेसभित्रैको अन्तर्घातमा केही नेता र खासगरि युवाहरुको लहर ल्याउने सक्ने क्षमता बोकेका गगन थापामाथि शंका गरिएको छ । कांग्रेसभित्रको अन्तर्घातले जसरी युवा र स्वतन्त्र उम्मेदवार आएका छन्, यसले उमेरमा ६० र ७० कटेका नेताहरुलाई अब राजनीतिमा टिक्न मुस्किल बनाएको छ ।

त्यो पनि सबैभन्दा बढी नेपाली कांग्रेसभित्रै । त्यसकारण कांग्रेसभित्रको अन्तर्घात यदि सरकार बनाउँदा पनि देखिने हो भने त्यसको असरी दीर्घकालीन हुने पक्का छ । त्यसमाथि प्रचण्डजस्ता नेताहरुसँगको सहकार्यमा कांग्रेस होसियार नहुने र केवल आफैले सबै थोक पाउनुपर्ने दाबी गरिरहन्छ, भने अहिले सत्ता गठबन्धनले प्राप्त गरेको जनमत फेरि दुई वर्षमै पानीमा जान सक्छ ।

ओली र प्रचण्डको टेलिफोनले सञ्चारमाध्यममा प्राथमिकता पाउनुको मुख्यकारण वाम गठबन्धन अहिलेको नतिजाले धेरै सजिलो देखिन्छ । किनकि यसपटक जति पनि एमाले नेता कार्यकर्ताले हारेका छन् त्यो भन्दा बढी माओवादी नेता कार्यकर्ताले चुनाव हारेका छन् ।

एमाले कार्यकर्ताले स्वाभाविक रुपमा चुनाव हार्ने प्रक्षेपण थियो । तर माओवादी नेता कार्यकर्ताले भने चुनाव जित्नैका लागि कांग्रेससँग गठबन्धन गरेका थिए । जुन आपसी सहमतिअनुसार भएन । पाएको थोरै सिटमा समेत पराजय भोगेपछि माओवादी अध्यक्ष प्रचण्ड सोच मग्न भएका छन् । उनले मुखै खोलेर सत्ता गठबन्धन अपेक्षित रुपमा सफल नभएको टिप्पणी गरिसकेका छन् ।

यसले कांग्रेसलाई धेरै असर गर्ने छैन । तर यसपटकको चुनावमा पहिलो भएको कांग्रेस फेरि प्रतिपक्षमा धकेलिने अवस्थामा भने निश्चित रुपमा पुगेको छ ।

यदि असाध्यै अस्थिर स्वभावका प्रचण्डले प्रधानमन्त्री बन्ने कुरामा कम्प्रोमाइज गर्न सकेनन् र चुनावमा व्यहोरेको घातको बदला लिने हुन् भने कांग्रेससँगको गठबन्धन तोडिन सक्छ । यदि कांग्रेस एक्लियो भने एमाले, माओवादी, नेकपा समाजवादी, राप्रपा लगायत दल मिलेर सरकार बनाउने सम्भावना हुन्छ ।

किनकि समानुपातिक भोटले गर्दा यसपटकको चुनावमा एमाले र कांग्रेसको साइज खासै ठूलो छैन । बढीमा १० देखि १५ सिटको मात्रै फरक हुने देखिन्छ । यस्तो अवस्थाले एमालेलाई सरकार बनाउन माओवादी, समाजवादी, जसपादेखि राप्रपाको सम्मको साथ भएमा असम्भव देखिँदैन ।

त्यसमाथि गगन थापा जसरी पनि प्रधानमन्त्री बनिछाड्ने अडानमा छन् । उनकै कारण कांग्रेसले धेरै ठाउँमा अन्तर्घात व्यहोरेको स्वर चर्कोगरि बालुवाटार पुगेको छ । त्यसमाथि स्वभाव र सिद्धान्त मिल्ने भएका कारण कमजोर धरातलका कम्युनिष्ट मिल्न र छुट्न बेर लगाउँदैनन् ।

त्यसैले यस्तो अवस्थामा देउवा र प्रचण्डको समझदारी कति बलियो रहन्छ, त्यसले आगामी सत्तायात्राको बाटो तय गर्छ । त्यति मात्रै होइन, प्रचण्डको स्वभाव र महत्वाकांक्षालाई देउवाले कसरी ‘डिल’ भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ । अन्यथा सत्ता गठबन्धनबाट प्रचण्ड ‘फ्याक्टर’ले गर्दा वाम गठबन्धन बन्न समय लाग्दैन । असम्भव देखिँदैन ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १० : १८ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको