गुल्मी–१ : प्रदेशसभामा एमाले र कांग्रेस विजयी « Khabarhub

गुल्मी–१ : प्रदेशसभामा एमाले र कांग्रेस विजयी


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

गुल्मी– – गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा ९१० मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेको थियो । जसमा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनीसँग प्रतिस्पर्धीमा रहेका प्रदीप ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरे।

त्यस्तै प्रदेशसभा (क)मा नेकपा एमालेका उम्मेदवार पाण्डेले आठ सय ६४ को अग्रतासहित १५ हजार एक सय २७ मत प्राप्त गरी विजयी भए । उनीसँग सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका सुदर्शन बरालले १४ हजार दुई सय ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

साथै प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की छ सय पाँच मतको अग्रतासहित १८ हजार पाँच सय ९६ मत प्राप्त गरी विजयी भए । उनीसँग प्रतिस्पर्धामा रहेका एमालेका फर्सराम पाण्डेले १७ हजार नौ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत पौडेलले बताए ।

यस क्षेत्रमा कूल एक लाख १९ हजार दुई सय ८८ मतदाता थिए । जसमध्ये खसेको मत ६९ हजार सात सय ५९ हो । यस क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ७ देखि १४ सम्मका वडा पर्दछन् । योसँगै गुल्मीमा प्रत्यक्षतर्फका दुवै प्रतिनिधिसभा र चार प्रदेशसभाको मतगणना सकिएर अन्तिम परिणामसँगै छ प्रतिनिधि निर्वाचित भएका छन् । यतिबेला समानुपातिक तर्फको मतगणना सुरु भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १० : ४३ बजे

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको