समानुपातिकतर्फ एमालेले कटायो १८ लाख मत, अरु दलको कति? | Khabarhub Khabarhub

समानुपातिकतर्फ एमालेले कटायो १८ लाख मत, अरु दलको कति?


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान करिब ११ बजेसम्म एमालेले १८ लाख नौ हजार चार सय १७ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ८७ हजार सात सय ४७, नेकपा (माओवादी केन्द्र)ले सात लाख ६७ हजार तीन सय छ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख तीन हजार ७९, जनता समाजवादी पार्टीले दुई लाख १६ हजार नौ सय ४३, नेकपा (एकीकृत समाजवादी)ले एक लाख ६४ हजार आठ सय ५६, नागरिक उन्मुक्ति पार्टीले एक लाख ५६ हजार पाँच सय ८२ र जनमत पार्टीले एक लाख ४८ हजार चार सय चार मत प्राप्त गरेको छ ।

प्रदेश नं १ को प्रदेशसभातर्फ पनि एमाले अगाडि देखिएको छ । एमालेले तीन लाख पाँच हजार चार सय आठ मत प्राप्त गरेको छ । कांग्रेसले दुई लाख ७० हजार नौ सय ५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ९६ हजार छ सय चार, माओवादी केन्द्रले ८६ हजार दुई सय ७५, जनता समाजवादी पार्टीले ३९ हजार २५ र एकीकृत समाजवादीले २४ हजार ५० मत प्राप्त गरेको छ ।

मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि छ । मधेसमा कांग्रेसले एक लाख ४२ हजार तीन सय २४ मत पाउँदा एमालेले एक लाख १४ हजार सात सय ७५, जसपा नेपालले ९९ हजार ५६, जनमत पार्टीले ७७ हजार पाँच सय एक, माओवादी केन्द्रले ५१ हजार एक सय ६०, लोसपाले ३८ हजार ४७ र एकीकृत समाजवादीले ३३ हजार एक सय १८ मत प्राप्त गरेको छ ।

बागमती प्रदेशसभामा एमाले तीन लाख एक सय ६४ मतसहित अगाडि छ । कांग्रेसले दुई लाख ६२ हजार पाँच सय ४४, राप्रपाले एक लाख ५८ हजार २२, माओवादी केन्द्रले एक लाख ४२ हजार एक सय १८, नेपाल मजदुर किसान पार्टीले ५९ हजार पाँच सय ६८ मत प्राप्त गरेको छ।

गण्डकी प्रदेशसभामा एमालले दुई लाख ९१ हजार एक सय पाँच मत पाएको छ । कांग्रेसले दुई लाख ६८ हजार आठ सय ८०, माओवादी केन्द्रले एक लाख सात हजार छ सय ५६ र राप्रपाले ५१ हजार आठ मत प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशसभामा एमालेले तीन लाख ८३ हजार सात सय ८९, कांग्रेसले तीन लाख ४६ हजार सात सय आठ, माओवादी केन्द्रले एक लाख ३५ हजार नौ सय चार, राप्रपाले ८३ हजार आठ सय ९३, नागरिक उन्मुक्ति पार्टीले ५० हजार एक सय ४३ र जनता समाजवादी पार्टीले ५० हजार ९० मत पाएका छन् ।

कर्णालीमा माओवादी केन्द्र अगाडि छ । माओवादीले ८४ हजार दुई सय ९५ मत पाउँदा एमालेले ८३ हजार नौ सय ४९, कांग्रेसले ६६ हजार नौ सय ११, एकीकृत समाजवादीले १९ हजार नौ सय १५ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेले एक लाख ९० हजार पाँच सय ७७, कांग्रेसले एक लाख ७९ हजार सात सय २२, माओवादी केन्द्रले ८५ हजार दुई सय ४७, नागरिक उन्मुक्ति पार्टीले ५२ हजार छ सय पाँच र एकीकृत समाजवादीले ३३ हजार तीन सय ७५ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : १० बजे

बेनफिकासँग दुई गोलले पछि परेको बार्सिलोनाको सनसनीपूर्ण जित

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको मंगलबार भएको सनसनीपूर्ण खेलमा बार्सिलोनाले

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल माघ ९ गते बुधबार माघ

आज २०८१ साल माघ ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ ९ गते बुधबार माघ

वामदेवलाई भित्र्याउनेबारे एमाले अनिर्णित, ‘सहकार्य गर्दै जाने’

काठमाडौं – पार्टीका पूर्वनेता वामदेव गौतमलाई भित्र्याउनेबारे नेकपा (एमाले) अनिर्णित

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

एजेन्सी – मध्य नाइजेरियामा एक पेट्रोल ट्याङ्करमा भएको विष्फोटमा परी