सप्तरीबाट प्रतिनिधिसभामा कांग्रेस दुई, जनमत र जसपा एक/एक स्थानमा विजयी | Khabarhub Khabarhub

सप्तरीबाट प्रतिनिधिसभामा कांग्रेस दुई, जनमत र जसपा एक/एक स्थानमा विजयी


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

राजविराज– चार निर्वाचन क्षेत्र रहेको सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले दुई, जनमत र जसपा पार्टीले एक/एक सिट जितेका छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका तेजुलाल चौधरी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले २३ हजार चार सय ९१ मत प्राप्त गरी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका निर्वाचन अधिकृत विश्वबन्धु पौडेलले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरेका छन् । कांग्रेसका चौधरीले २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। तत्कालीन राजपाका मृगेन्द्रसिंह यादवलाई पराजित गर्दै २४ हजार एक सय १३ मत प्राप्त गरी उनी विजयी भएका थिए । यसअघि उनी २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।  

क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसकै उम्मेदवार दिनेशकुमार यादव २६ हजार एक सय ६६ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ताराकान्त चौधरीले २२ हजार तीन सय मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सप्तरी-२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत विजयी भएका छन्। जनमत पार्टीका अध्यक्ष राउतले ३५ हजार ४२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गरे ।

जसपा अध्यक्ष यादवको भन्दा राउतले १८ हजार ६३ मत बढी ल्याएर विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ  । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार नवलकिशोर साह सप्तरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। जसपाका साहले २३ हजार पाँच सय ६४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार नौ सय ९२ मत प्राप्त गरे । सप्तरीमा आठवटा प्रदेशसभा सदस्य सिट रहेकोमा यसको पनि मतगणना सकिएको छ । अन्तिम मतपरिणामअनुसार प्रदेशसभा १ को (१) मा एमालेका राजकुमार लेखी र ९२० मा जनमतका सकिल मियाँ, प्रदेशसभा २ को (१) मा जनमतका सतिशकुमार सिंह र ९२० मा जनमतकै महेशप्रसाद यादव निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।

यस्तै प्रदेशसभा ३ को (१) मा कांग्रेसका मोहम्मद समिम र (२) मा जनमतका शम्भुकुमार साह तथा प्रदेशसभा ४ को (१) मा एकीकृत समाजवादीका गोविन्द न्यौपाने र २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धप्रसाद सिंह निर्वाचित भएका हुन्।

सप्तरी निर्वाचन क्षेत्र नं १ मा एक लाख १३ हजार नौ सय ९५ मतदाता रहेकोमा ७४ हजार ५५३ मत खसेको थियो । सप्तरी क्षेत्र नं २ मा भने ९५ हजार तीन सय ९४ मध्ये ६४ हजार दुई ७७ मत खसेको छ र सप्तरी क्षेत्र नं ३ मा एक लाख चार हजार आठ सय ९२ मतदाता रहे पनि ७१ हजार तीन सय ३१ मत खसेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

यस्तै सप्तरी क्षेत्र नं ४ मा भने एक लाख चार हजार आठ सय ९३ मतदाता रहेको भए पनि यस क्षेत्रमा ६९ हजार ३९ मत खसेको थियो । 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १२ : ४९ बजे

इजरायली आक्रमणमा प्यालेस्टिनी क्यामेराम्यानको मृत्यु, पत्रकार घाइते

एजेन्सी– इजरायली आक्रमणमा गाजा पट्टीमा सञ्चालित एक टेलिभिजनका एक ‘क्यामेराम्यान’को

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु

श्रीमतीलाई खुकुरी प्रहार गर्दा घाइते बनेका श्रीमान प्रहरी नियन्त्रणमा 

सुनसरी– आफ्नै पेटमा खुकुरी प्रहार गरेर आन्द्रा भुँडी निस्केको अवस्थामा

भारतबाट दशैँ मनाउन दुई लाख बढी नेपालगञ्ज नाका हुँदै घर फर्किए

राँझा – रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख

चंगा‍‍ चेट ! (तस्बिरहरु)

काठमाडौं । प्राचीन कालदेखि चीनबाट शुरु भएको चंगा उडाउने प्रचलन