प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेलाई सबैभन्दा धेरै मत « Khabarhub

प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेलाई सबैभन्दा धेरै मत


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

खोटाङ– प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मतमध्ये एमालेलाई २४ हजार २७१ मत प्राप्त भएको हो ।

खोटाङबाट साना तथा ठूला गरी ४७ दलले समानुपातिक मत पाएका छन् । कतिपय दलले एक मत पनि पाएका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फ तीन हजार ६ सय २० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभा समानुपातिकमा कांग्रेसलाई १८ हजार ६ सय ७२, माओवादी केन्द्रलाई ११ हजार आठ सय ४५, एकीकृत समाजवादीलाई तीन हजार ३६, जसपालाई दुई हजार दुई सय ४८, राप्रपालाई एक हजार दुई सय ५५ मत प्राप्त भएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एक हजार चार सय ९७ मत पाएको छ । 

आमूल परिवर्तन मसिहा पार्टीलाई एक सय ५३, मंगोल नेशनल अर्गनाइजेसनलाई एक सय  २१, राष्ट्रिय जनमोर्चाको ४५, नेपाल मजदुर किसान पार्टीको ८५, लोकतान्त्रिक समाजवादी पार्टीको २५, जनमत पार्टीको ४३, मौलिक जरोकिलो पार्टीको तीन, नेपाल समावेशी पार्टीको ३६, हाम्रो नेपाली पार्टीको ५५, जनता प्रगतिशीलको ९, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीको आठ, राष्ट्रिय नागरिक पार्टीको दुई मत आएको छ । 

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १ : ३५ बजे

इलाम १ : कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा, नयाँतिर देखिएन आकर्षण

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलाम यस पटक विशेष चासोसाथ

सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

महेन्द्रनगर– कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै