मुगुमा प्रदेशसभा (२) मा माओवादी केन्द्रका शाही विजयी « Khabarhub

मुगुमा प्रदेशसभा (२) मा माओवादी केन्द्रका शाही विजयी


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुमा प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मङ्गलबहादुर शाही विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर मल्ललाई पराजित गरेका हुन् । 

जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार विजयी शाहीले आठ हजार चार सय २९ मत प्राप्त गरे । एमाले उम्मेदवार मल्लले चार हजार आठ सय ८४ मत ल्याए । यस क्षेत्रमा कूल १३ हजार छ सय २६ मत खसेको थियो । शाहीले मल्ललाई तीन हजार पाँच सय ४५ मतान्तरले पराजित गरेका हुन्  । 

यसअघि प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका थिए। उनी १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी भएका हुन् । शाहीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजबहादुर कार्कीलाई तीन हजार नौ सय ९४ मतान्तरले पराजित गरेका थिए । 

यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल विजयी भएका थिए । उनले छ हजार छ सय १८ मत प्राप्त गर्दै सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ३ : १८ बजे

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार