झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु | Khabarhub Khabarhub

झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरमा पुलमा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लास्थित दोधाराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु भएको हो । पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका-७ की ७० वर्षीया अमृता मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो । महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिने उक्त झोलुंगे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको प्रहरीले बताएको छ । 

पुल जीर्ण हुँदा वारपार तथा आवतजावत सकस भएको स्थानीयले बताए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ५ : १७ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले