१४ वर्षअघि मुम्बईमा भएको हमलाको विरोध गर्दै पाकिस्तानी दूतावासअगाडि प्रदर्शन « Khabarhub

१४ वर्षअघि मुम्बईमा भएको हमलाको विरोध गर्दै पाकिस्तानी दूतावासअगाडि प्रदर्शन


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १४ वर्षअघि भएको मुम्बई हमलाको विरोध गर्दै राष्ट्रिय एकता अभियानले शनिबार काठमाण्डौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको छ ।

अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा भएको प्रदर्शनमा मुम्बईमा भएको आतंकवादी आक्रमणको विरोध गरिएको छ । आजकै दिन १४ वर्षअघि भएको आतंककारी हमलाको मूल उदेश्य हिन्दू धर्मावलम्बीलाई मार्ने रहेकोले सो घटना नेपालको राष्ट्रिय सुरक्षामा चुनौती समेत रहेको भन्दै सावधान गराइएको थियो ।

प्रदर्शनका क्रममा ‘जिहादको नाममा हिन्दुलाई मार्ने कार्य बन्द गर, आतंकवादलाई प्रश्रय दिने मुलुक अपारधी हो, विश्व शान्तिको शत्रु पाकिस्तान–होसियार, आतंकी परिचालन बन्द गर, आतंकी अखडा बन्द गर, मानवअधिकारको उल्लङ्घन बन्द गर, कट्टरपन्थी पाल्ने देश मुर्दावाद, विश्वमा शान्ति कायम गर, विश्वभरका हिन्दू एक हौ’ लगायतका नारा लगाइएको थियो ।

२००८ को नोभेम्बर २६ मा आतंककारी संगठन लस्कर–ए–तैयबाका दश प्रशिक्षित सशस्त्र लडाकुले मुम्बईका धेरै ठाउँ र प्रतिष्ठित भवनहरूमा आक्रमण गरेका थिए । चार दिनसम्मसम्म चलेको हमलामा १६० जनाभन्दा बढी मानिस मारिएका थिए ।

आक्रमणकारीले मुम्बईका दुई पाँचतारे होटल, अस्पताल, रेलवे स्टेशन र यहुदी केन्द्रलाई निशाना बनाएका थिए ।

मुम्बई प्रहरी र अनुसन्धान अधिकारीहरूका अनुसार आक्रमणकारीहरू दुई समूहमा विभाजित थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ६ : ४४ बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत