मुम्बई हमलाका दोषीलाई कठघरामा ल्याउन भारत प्रतिवद्ध छ : जयशङ्कर « Khabarhub

मुम्बई हमलाका दोषीलाई कठघरामा ल्याउन भारत प्रतिवद्ध छ : जयशङ्कर


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय विदेशमन्त्री एस जयशङ्करले सन् २००८ मा मुम्बईमा भएको आतङ्कवादी हमलामा ज्यान गुमाएका थुप्रै देशसँग मिलेर काम गरिरहेको बताएका छन् ।
उनले भने, ‘आज मुम्बईमा भएको २६/११ को आतंकवादी हमला भएको दिन हो । यतिका वर्ष बितिसक्दा पनि योजना बनाउने र त्यसको पालना गर्नेहरूले सजाय पाएका छैनन् । उनीहरूलाई न्यायको कठघरामा ल्याउन सकिएको छैन । यसलाई हामी उच्च महत्व दिन्छौं ।’

सन् २००८ मा लश्कर–ए–तैयबाका १० आतङ्ककारीले मुम्बईमा १२ स्थलमा संयुक्त रूपमा गोली प्रहार र बम आक्रमण गरेका थिए । घटनामा कम्तीमा १६६ जनाको मृत्यु भएको थियो भने ३०० जना घाइते भएका थिए ।

गत महिना भारतले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद् (यूएनएससी) को दुई दिने आतङ्कवाद विरोधी बैठक आयोजना गरेको थियो, जुन भारतको आतङ्कवाद विरोधी समिति (सीटीसी) को अध्यक्षतामा थियो ।

बैठकपछि, दिल्लीमा एउटा घोषणापत्र जारी गरिएको थियो जसमा आतङ्कवादीहरूलाई सुरक्षित आश्रय स्थलहरूमा प्रवेश गर्ने अवसरलाई एक महत्वपूर्ण चिन्ताको विषयका रूपमा हेरिएको र सबै सदस्य राष्ट्रहरूले आतङ्कवादविरुद्धको लडाइँमा पूर्ण सहयोग गर्नुपर्ने उल्लेख गरिएको थियो ।

घोषणापत्रमा सबै प्रकारका र अभिव्यक्तिमा आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा रहेको पनि स्वीकार गरिएको छ । यूएनएससीको विशेष बैठकमा जयशंकरले विशेष गरी एशिया र अफ्रिकालगायतका स्थानमा आतङ्कवादका खतरा बढ्दो र विस्तार भइरहेको बताएको थियो ।

‘मानवताको लागि सबैभन्दा गम्भीर खतरा’ सँग जुध्न सुरक्षा परिषद्को सर्वोत्तम प्रयासको बावजुद आतङ्कवादका खतरा बढ्दो र विस्तार भइरहेकोबारे उनले चिन्ता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १० : ३२ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा