काठमाडौँ– कतारमा जारी फिफा विश्वकमा फ्रान्सले दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा डेनमार्कलाई २–१ ले पराजित गर्दै फ्रान्सले जित हात पारेको हो ।
फ्रान्सको जितमा फरवार्ड किलीयन एमबाप्पेले दुई गोल गरे । भने डेनमार्कको तर्फबाट आन्द्रेस क्रिस्टेन्सनले एक गाेल फर्काएका थिए ।
प्रतिस्पर्धानत्मक बनेको खेलको ६१ औं मिनेटमा एमबाप्पेले सुन्दर गोल गरेका थिए । त्यसको सात मिनेट वित्न नपाउँदै ६८ औं मिनेटमा डेनमार्कले बराबरी गोल फर्कायो । आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत गोल गरेका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा फ्रान्सले एमबाप्पेकै गोलमा अग्रता लियो ।
यस जितसँगै समूह डी बाट फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । फ्रान्स जारी विश्वकपमा समूह चरण पार गर्ने पहिलो टोली पनि बन्यो । फ्रान्सको २ खेलमा ६ अंक छ । भने डेनमार्कको १ अंक छ ।
प्रतिक्रिया