चीनबाट फर्किएका एक भारतीयलाई कोभिड « Khabarhub

चीनबाट फर्किएका एक भारतीयलाई कोभिड


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – दुई दिनअघि चीनबाट फर्किएका भारतको उत्तर प्रदेशका एक ४० वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई आफ्नै घरमा आइसोलेसनमा राखिएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उनको जीनोम सिक्वेन्सिङका लागि नमूना लखनउ पठाइने प्रमुख मेडिकल अधिकृत अरुण श्रीवास्तवले जानकारी दिएका छन्। व्यक्तिलाई उनको घरमा अलग्गै राखिएको छ र स्वास्थ्य विभागको टोलीलाई उनको परिवारका सदस्यहरू र उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्न भनिएको प्राप्त विवरणहरुमा जनाइएको छ। २३ डिसेम्बरमा चीनबाट दिल्ली हुँदै आग्रा आएका उनको परीक्षणमा कोभिड पोजेटिभ देखिएको थियो।

चीनमा अहिले फेरि कोभिड महामारी फैलिएको छ। व्यापक विरोधपछि सरकारले यसै महिनाको सुरुमा कोभिडसम्बन्धी नियम हटाएको थियो। त्यसपछि दैनिक लाखौँमा संक्रमण फैलिएको अनुमान गरिएको छ। छिमेकी चीनमा कोभिड फैलिएपछि भारतमा सार्वजनिक स्थानमा मास्क लगाउन भनिएको छ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : ३९ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको