फाइल फोटो

समाचार

गण्डकी र बागमतीमा बदली र हिमपातको सम्भावना

By खबरहब

December 26, 2022

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहे पनि देशभरको मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विभागका अनुसार आज बिहान गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ।

मौसमविद वरुण पौडेलका अनुसार भोलि दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ।

आज बिहान काठमाडौं उपत्यकाकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ।