देउवाको लोभ र प्रचण्डको स्वार्थले कांग्रेसमा किचलो ! « Khabarhub

देउवाको लोभ र प्रचण्डको स्वार्थले कांग्रेसमा किचलो !


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले फेरि पहिलोचरणमा प्रधानमन्त्री बनिहाल्छु भन्ने लोभले गर्दा नेपाली कांग्रेसमा किचलो हुने भएको छ। देउवाले उचित रुपमा प्रचण्डलाई व्यवस्थापन गर्न नसक्दा र उनले मागेको प्रधानमन्त्री पद दिन नमान्दा कांग्रेस किचलोमा पर्ने देखिएको हो।

पाँच वर्षअघि प्रत्यक्षमा तेस्रो पार्टीका रुपमा प्रतिपक्षमा खुम्चिएको कांग्रेस अहिले पहिलो पार्टी बन्दा पनि प्रतिपक्षमै बसेर संसद् यात्रा तय गर्ने भएको छ। आइतबार काठमाडौँमा भएको राजनीतिक खिचातानीले उग्र रुप लिँदा प्रचण्ड एमालेको समर्थनमा नयाँ प्रधानमन्त्री बनेका छन्।

सत्तारुढ रहेको कांग्रेस भने एकाएक प्रतिपक्षमा धकेलिएको छ। अब उसले एमाले प्रचण्डसँगको सहमतिमा इमान्दार भएको खण्डमा पाँच वर्ष नै प्रतिपक्षको सिटमा खुम्चिनुपर्ने निश्चित जस्तै छ। आइतबार दिनभरजसो काठमाडौँको राजनीतिक रंगमञ्च मिनेट मिनेटमा फेरियो।

बिहान सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो। जहाँ प्रचण्डले नयाँ प्रधानमन्त्री बन्छु भन्ने आश राखेका थिए, तर कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद दुवै दिन नचाहेपछि प्रचण्ड कांग्रेसको क्याम्प बालुवाटार छाडेर एमालेको क्याम्प बालकोट पुगेका थिए।

बालकोट पुगेका प्रचण्डले तत्कालै एमालेसँग सहमति गर्दै राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको समेत समर्थनमा प्रधानमन्त्री बन्ने समाचार बाहिरियो। पाँच बज्नुअघि नै शीतलनिवास पुगेर प्रधानमन्त्रीको समर्थन पुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ प्रधानमन्त्रीका लागि दाबी गर्न पुगे।

यो देखिएको दृश्य मात्रै होइन, यसभित्रका अनेकन खेलले नेपालको राजनीतिमा नयाँ र विशेष खालको परिस्थिती देखा परेको छ। आइतबार अपरान्ह मात्रै बदलिएको राजनीतिक घटनाक्रमले अब नेपालको राजनीतिमा छुट्टै शासकीय शैली बदलिएको छ।

हिजोसम्म एक अर्कालाई धारे हात लगाउने माओवादी र एमाले नेताहरु आज भने रातारात मिलेका छन्। अनि एकआपसमा गला साट्दै सत्ता समीकरण बनाउन पुगेका छन्। माओवादी र एमाले मिल्दा सबैभन्दा ठूलो घाटा माधव नेपाललाई भएको छ।

माधव नेपालसँग १० जना सांसद भए पनि अब ती न सत्तामा हुनेछन्। न तत्कालै सडकमा जान सक्नेछन्। यसले भोलिका दिनमा माधव नेपालको राजनीतिक अस्तित्वमै संकट देखिनेछ। त्यो भन्दा ठूलो कुरा अब देउवाको लोभले गर्दा कांग्रेसमा नयाँ किचलो उत्कर्षमा पुग्ने देखिन्छ।

नयाँ प्रधानमन्त्री बन्ने लोभमा देउवाले अडान नछाड्दा प्रचण्ड एमालेसँग मिल्न सके। उनले नयाँ प्रधानमन्त्री आफैँ बन्ने नयाँ इतिहास रचे। तर देउवा भने एउटा सानो अडान छाड्न नसक्दा विपक्षीको कुर्सीमा बस्न पुगे।

यसअघि सुरुदेखि नै माओवादीसँग गठबन्धन गर्न नहुने युवा नेता गगन थापाहरुको स्वर अब चर्किने भएको छ। यसअघि संसदीय दलको चुनाव हार्दा पनि गगनले गोप्य कोठाभित्रको सहमति आफूलाई मान्य नहुने बताउँदै आएका छन्।

यसले अब देउवामाथि पार्टीभित्र र बाहिर ठूलो दबाब बढ्ने भएको छ। त्यति मात्रै होइन, सत्ताको खेलमा सँधै सक्रिय रहने पर्दापछाडिका नेता पूर्णबहादुर खड्काको सक्रियतामाथि पनि प्रश्न उठेको छ। उनले अब देउवालाई फेरि सत्तामा फर्काउन कसरी प्रयास गर्न सक्छन् ? भन्ने प्रश्न तेर्सिएको छ।

दुई वर्षअघि मात्रै दुई पटक संसद् विघटन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई नाटकीय ढंगले प्रधानमन्त्री बन्न सघाउँदा केन्द्रदेखि प्रदेशमा कांग्रेस प्रतिपक्षमा धकेलिएको पीडा सानो हुने छैन। यसले अब देउवामाथि दबाबसँगसँगै पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने माग चर्किनेछ। यसको सामना देउवाले कसरी गर्छन्, त्यो भविष्यले देखाउनेछ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १० : ०५ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय