महोत्तरीमा ४० जनामा यौन दुर्व्यवहार, १० जनाको हत्या « Khabarhub

महोत्तरीमा ४० जनामा यौन दुर्व्यवहार, १० जनाको हत्या


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा पछिल्लो एक वर्षमा अपराधजन्य क्रियाकलापमा वृद्धि भएको छ । एक तथ्यांकअनुसार ०७८ मा यहाँ  बलात्कार, बलात्कार प्रयास र  यौन दुर्व्यवहारका ४० र  १० जनाको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ।

आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीमा आयोजनामा भएको कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गर्दै महोत्तरी अपराधजन्य क्रियाकलापको चपेटामा पर्दै गएको निश्कर्ष निकालेको हो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक-०२३ प्रकाशन पूर्व वार्षिक समीक्षाका क्रममा महोत्तरीमा अपराधजन्य क्रियाकलापमा ह्वात्तै भएको बताउँदै  यसको लागि मानवअधिकारवादीले सही ढङ्गले खबरदारी गरिरहेको दाबी गरेको छ ।

इन्सेकका प्रतिनिधि अजयकुमार साहले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरूको प्रस्तुत गर्दै सो तथ्यांक सार्वजनिक गरेका थिए ।

सार्वजनिक गरिएको थप तथ्यांकमा परिवारजन र व्यक्तिबाट १० जनाको हत्या , बलात्कार, बलात्कार प्रयास र  यौन दुर्व्यवहारका ४०, मानव बेचबिखन तथा ओसार पसारका १,  बहुविवाह १३, बालविवाह एक, प्रहरीको गोली प्रहारबाट दुई जना घाइते गरी  ६४ वटा घटना समेटिएको महिला अधिकारकर्मी तथा वोरेक महोत्तरीका कार्यक्रम अधिकृत लिला दियालीले बताइन् ।

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १२ : ५९ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित