प्रदेश १ का प्रदेशसभा सदस्यद्वारा पद तथा गोपनियताको शपथ « Khabarhub

प्रदेश १ का प्रदेशसभा सदस्यद्वारा पद तथा गोपनियताको शपथ


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईँले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा गनगाईँलाई केही समय अघि प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराए थिए । बाँकी ९२ सांसदलाई प्रदेश सभा बैठक कक्षमा शपथ गराइएको हो ।  

जसमध्ये पाँच जनाले लिम्बू भाषामा र एक जनाले थारु भाषामा शपथ लिएका छन् । लिम्बू भाषामा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बु र कमलप्रसाद जवेगु, नेपाली काँग्रेसका खगेनसिं हाङगाम र जनता समाजवादीकी निर्मला लिम्बूले यक्थुम लिम्बू भाषामा शपथ लिएका छन् ।

यस्तै, सुनसरीबाट नेपाली कांग्रेसको समानुपातिक सूचीमा परेकी सुनिता गच्छदारले थारु भाषामा शपथ ग्रहण लिएकी छिन् । बाँकी ८६ जनाले नेपाली भाषामा शपथ लिएका छन् । 

प्रदेश १ मा प्रत्यक्ष तर्फ ५८ र ३७ समानुपातिक गरी ९३ सांसद छन् । 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  २ : ५४ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले