प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने « Khabarhub

प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन्। 

सोमबार संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठकमा श्रेष्ठ, पौडेल र लामिछानेलाई उपप्रधानमन्त्री बनाउने सहमति भएकाे हो। 

श्रेष्ठ परराष्ट्रमन्त्री, पौडेल अर्थ र लामिछाने गृहमन्त्री बन्ने भएका छन्। यसअघि नारायणकाजीलाई गृह मन्त्रालय दिने सहमति भए पनि लामिछानेले गृहमा दाबी नछोडेपछि अन्त्यमा प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालय लिन आग्रह गरेका हुन्।

 

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ३ : ५५ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको