महान्यायाधिवक्ता खातीले दिए राजीनामा | Khabarhub Khabarhub

महान्यायाधिवक्ता खातीले दिए राजीनामा


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारका कानूनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका थिए । राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ ।

बिदाइ कार्यक्रममा उनले आफूले महान्यायाधिवक्ताका रूपमा काम गर्दा परिवारको सदस्यजस्तो भएर काम गरेको, आफूले सकेको काम गरेको र गर्नका लागि अधिकतम प्रयास गरेको बताए। उनको कार्यकालमा खासगरी वीरगञ्ज र पाटनमा रहेको जग्गा महान्यायाधिवक्ता कार्यालयको मातहतमा ल्याउन सफल छ ।

त्यस्तै, कर्मचारी सेवा सर्तसम्बन्धी छुट्टै कानून ल्याउने विषय अघि बढे पनि त्यो पूरा भने हुन सकेन । सरकारी वकिलको यही पुस ८ देखि १० गतेसम्म राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसमा मुद्दाको महाअभियोजनकर्ता र महान्यायाधिवक्ता फरक हो भन्ने घोषणापत्रमा आएको थियो ।  

प्रधानमन्त्रीको कानूनी सल्लाहकारका रूपमा उहाँ २०७८ साउन १ गतेदेखि नियुक्त भएका थिए। उनले १७ महिना १० दिन काम गरे ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ५ : ४४ बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने