अर्थतन्त्रलाई सुधारर्ने अर्थमन्त्री पौडेलको प्रतिवद्धता « Khabarhub

अर्थतन्त्रलाई सुधारर्ने अर्थमन्त्री पौडेलको प्रतिवद्धता


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । 

सोमवार साँझ अर्थमन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले बिग्रँदो अर्थतन्त्रबाट चिन्तित समस्त नेपाली समाज र अर्थसम्बद्ध संघ-संस्था सबैलाई समस्या समाधानमा आश्वस्त तुल्याउने बताए ।

चुनौति रहे पनि काबुबाहिर नभएकाले समस्या समाधान गरिने उनले बताए । अर्थ क्षेत्रका सरोकारवाला र विज्ञहरूसँगको छलफलबाट अर्थतन्त्रलाई सही दिशा दिने उनको भनाइ छ । 

‘मुलुकको अर्थतन्त्र यतिबेला संकटको डिलमा छ । संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउनका लागि हामीले धेरै ठूलो मेहनत गर्नुपर्ने छ । आफ्नै र दुनियाँका अनुभवबाट पाठ सिकेर काम गर्छौं,’ पौडेलले भने ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : १३ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच