समान शिक्षा नीति हुनुपर्छ : मुख्यमन्त्री राई | Khabarhub Khabarhub

समान शिक्षा नीति हुनुपर्छ : मुख्यमन्त्री राई


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धनी र गरिबलाई समान शिक्षा नीति हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री राईले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराटनगरको-१४ स्थित एस्पायर कलेजको उद्घाटन गर्दै राज्यले अंगीकार गर्ने दुई किसिमको शिक्षा नीतिप्रति आफ्नो असहमति रहेको बताए ।

शिक्षा गुणस्तरीय र रोजगारमूलक हुनुपर्नेमा जोड दिँदै उनले प्रदेशलाई आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन गर्न कलेज सफल हुने विश्वास व्यक्त गरे । विश्वविद्यालयका शिक्षा संकायका डिन प्राडा बालचन्द्र लुइँटेलले गुणस्तरीय अध्यापनमा कमी हुन नदिने भन्दै विद्यालयले दक्ष जनशक्ति उत्पादन कार्य सुरु गरेको दाबी गरे।

रजिष्ट्रार प्राडा अच्युत वाग्लेले विश्वविद्याल न्यून शुल्कमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । कलेजका अध्यक्ष विकास अधिकारीले प्रदेशमा रोजगारमूलक शिक्षाको पहुँच र प्राविधिक पुर्‍याउन कलेजको लक्ष्य रहेको जानकारी दिए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : ३१ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका