चिया काट्दै इलामका किसान | Khabarhub Khabarhub

चिया काट्दै इलामका किसान


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– बर्खा मौसममा उत्पादन हुने चियाको उत्पादन बन्द भएको छ । उत्पादन बन्द भएपछि इलामका किसान यतिबेला चिया काट्न व्यस्त छन् । वैशाख महिनादेखि उत्पादन सुरु हने चिया मङ्सिर महिनादेखि नै उत्पादन बन्द हुन्छ । यस सिजनमा चियालाई काँटछाँट गर्नुपर्ने हुन्छ । चिया किसानहरू यतिबेला चिया काँटछाँटमा लागेका छन् । किसानले बर्खामा पलाउने झारलाई समेत यही मौसममा फाल्ने गरेका छन् । चियालाई काँटछाँटपछि गोडमेल गर्नुपर्ने हुन्छ । 

आफ्नै ज्ञानअनुसार पुरानै तरिकाबाट चिया काँटछाँट गर्दै आएका किसान पछिल्लो समय प्राविधिक तालिमपछि आधुनिक तरिकाले चिया काट्न थालेका छन् । चिया तथा कफी विकास बोर्डले गएको सालदेखि किसानलाई तालिम दिन सुरु गरेपछि उनीहरूले आधुनिक तरिकाबाट चिया काट्दै आएका छन् । चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएपछि किसानहरू चिया खेतीप्रति उत्साहित बन्न थालेका छन् । बीचमा चिया खेतीप्रति चासो घटाएका किसानहरूले पुनः चियाबाट भविष्य खोज्न थालेका छन् । 

बोर्डले समूह निर्माण गरेर प्राविधिकमार्फत चियाको काँटछाँटसहित मौसमअनुसारको काम सिकाउँदै आएको छ । हरियो पत्ती संकलन र उत्पादन गर्ने चिया सहकारीमा आबद्ध किसानलाई समूह बनाएर चिया बगानमै काँटछाँट र गुणस्तरीय टिपाइबारे तालिम दिइएको बोर्डका कार्यकारी निर्देशक विष्णुकुमार भट्टराईले बताए। उनले चियाको कटिङ र गुणस्तरीय टिपाइसम्बन्धी स्थलगतरूपमा नै तालिम दिइएको छ ।

गएको वर्षदेखि सञ्चालित नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजनाअन्तर्गत बोर्डले प्रयोगात्मक रूपबाटै चिया किसानलाई गुणस्तरीय टिपाइबारेको तालिम प्रदान गरेको हो । तालिममा चिया रोप्नेदेखि, काँटछाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा प्रयोगात्मक सीप सिकाउँदै आएको निर्देशक भट्टराईले बताए । 

बोर्डले दुई हजार सात सय ९० जना चिया किसानलाई चिया काँटछाँटबारे तालिम प्रदान गरेको जनाइएको छ । सूर्योदय नगरपालिकाको फिक्कल, देउमाई नगरपालिकाको मङ्गलबारे, इलाम नगरपालिका, शान्तिडाँडा, जस्बिरे, साँखेजुङलगायतमा फिल्डमा पुगेर चिया किसानलाई चियासम्बन्धी ज्ञान प्रदान गरेको हो । 

नेपाल सरकारले लागू गरेको चियाको लोगो लिएका १७ वटा चिया उद्योगमा हरियो पत्ती प्रदान गर्ने किसानहरूलाई तालिम प्रदान गरिएको जनाइएको छ । पछिल्लो समय नेपालले आफ्नै लोगोमा तेस्रो मुलुकमा चिया निर्यात गरिरहेको छ । पछिल्लो समय मलखादको व्यवस्था, गोडमेल, काँटछाँट जस्ता कामको शैलीमा परिवर्तन भएको छ ।

परम्परागतरूपमा चिया काट्दै आएका किसानहरूले बोर्डले दिएको सीपसँगै प्राविधिक उपकरणको प्रयोगसमेत बढाएका छन् । परम्परागतरूपमा चिया काट्दा जनशक्तिको समेत अभाव हुने भएपछि आधुनिक उपकरणबाट चिया काट्दा समयसमेत कम लाग्ने गरेको छ । 

बोर्डले चियाको बोटदेखि किसानको ओठसम्म चियामा परिवर्तन ल्याउने गरी काम अगाडि बढाएको हो । परियोजनाअन्तर्गत रु १८ करोड विनियोजन भएको छ । परियोजनाले तयारी चियामा गुणस्तर कायम राख्न उपभोक्तादेखि बिक्रेता हुँदै किसानसम्म नै परिवर्तन हुनुपर्ने बताउँदै आएको छ । 

नेपालमा उत्पादन हुने चिया १० प्रतिशत नेपालमा नै खपत हुने तथ्याङ्कमा उल्लेख छ । अन्य करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी रकम भारत जाने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार इलाममा आठ हजार आठ सय ७६ किसान चियामा आश्रित छन् । इलामको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चिया खेती गरिँदै आएको छ । 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : ४८ बजे

करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी– सप्तरीमा करेन्ट लागेर शुक्रबार बिहान एक जनाको मृत्यु भएको

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ– धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

म्याग्दी– खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत

बाढीले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ

अर्थसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्