चिया काट्दै इलामका किसान « Khabarhub

चिया काट्दै इलामका किसान


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– बर्खा मौसममा उत्पादन हुने चियाको उत्पादन बन्द भएको छ । उत्पादन बन्द भएपछि इलामका किसान यतिबेला चिया काट्न व्यस्त छन् । वैशाख महिनादेखि उत्पादन सुरु हने चिया मङ्सिर महिनादेखि नै उत्पादन बन्द हुन्छ । यस सिजनमा चियालाई काँटछाँट गर्नुपर्ने हुन्छ । चिया किसानहरू यतिबेला चिया काँटछाँटमा लागेका छन् । किसानले बर्खामा पलाउने झारलाई समेत यही मौसममा फाल्ने गरेका छन् । चियालाई काँटछाँटपछि गोडमेल गर्नुपर्ने हुन्छ । 

आफ्नै ज्ञानअनुसार पुरानै तरिकाबाट चिया काँटछाँट गर्दै आएका किसान पछिल्लो समय प्राविधिक तालिमपछि आधुनिक तरिकाले चिया काट्न थालेका छन् । चिया तथा कफी विकास बोर्डले गएको सालदेखि किसानलाई तालिम दिन सुरु गरेपछि उनीहरूले आधुनिक तरिकाबाट चिया काट्दै आएका छन् । चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएपछि किसानहरू चिया खेतीप्रति उत्साहित बन्न थालेका छन् । बीचमा चिया खेतीप्रति चासो घटाएका किसानहरूले पुनः चियाबाट भविष्य खोज्न थालेका छन् । 

बोर्डले समूह निर्माण गरेर प्राविधिकमार्फत चियाको काँटछाँटसहित मौसमअनुसारको काम सिकाउँदै आएको छ । हरियो पत्ती संकलन र उत्पादन गर्ने चिया सहकारीमा आबद्ध किसानलाई समूह बनाएर चिया बगानमै काँटछाँट र गुणस्तरीय टिपाइबारे तालिम दिइएको बोर्डका कार्यकारी निर्देशक विष्णुकुमार भट्टराईले बताए। उनले चियाको कटिङ र गुणस्तरीय टिपाइसम्बन्धी स्थलगतरूपमा नै तालिम दिइएको छ ।

गएको वर्षदेखि सञ्चालित नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजनाअन्तर्गत बोर्डले प्रयोगात्मक रूपबाटै चिया किसानलाई गुणस्तरीय टिपाइबारेको तालिम प्रदान गरेको हो । तालिममा चिया रोप्नेदेखि, काँटछाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा प्रयोगात्मक सीप सिकाउँदै आएको निर्देशक भट्टराईले बताए । 

बोर्डले दुई हजार सात सय ९० जना चिया किसानलाई चिया काँटछाँटबारे तालिम प्रदान गरेको जनाइएको छ । सूर्योदय नगरपालिकाको फिक्कल, देउमाई नगरपालिकाको मङ्गलबारे, इलाम नगरपालिका, शान्तिडाँडा, जस्बिरे, साँखेजुङलगायतमा फिल्डमा पुगेर चिया किसानलाई चियासम्बन्धी ज्ञान प्रदान गरेको हो । 

नेपाल सरकारले लागू गरेको चियाको लोगो लिएका १७ वटा चिया उद्योगमा हरियो पत्ती प्रदान गर्ने किसानहरूलाई तालिम प्रदान गरिएको जनाइएको छ । पछिल्लो समय नेपालले आफ्नै लोगोमा तेस्रो मुलुकमा चिया निर्यात गरिरहेको छ । पछिल्लो समय मलखादको व्यवस्था, गोडमेल, काँटछाँट जस्ता कामको शैलीमा परिवर्तन भएको छ ।

परम्परागतरूपमा चिया काट्दै आएका किसानहरूले बोर्डले दिएको सीपसँगै प्राविधिक उपकरणको प्रयोगसमेत बढाएका छन् । परम्परागतरूपमा चिया काट्दा जनशक्तिको समेत अभाव हुने भएपछि आधुनिक उपकरणबाट चिया काट्दा समयसमेत कम लाग्ने गरेको छ । 

बोर्डले चियाको बोटदेखि किसानको ओठसम्म चियामा परिवर्तन ल्याउने गरी काम अगाडि बढाएको हो । परियोजनाअन्तर्गत रु १८ करोड विनियोजन भएको छ । परियोजनाले तयारी चियामा गुणस्तर कायम राख्न उपभोक्तादेखि बिक्रेता हुँदै किसानसम्म नै परिवर्तन हुनुपर्ने बताउँदै आएको छ । 

नेपालमा उत्पादन हुने चिया १० प्रतिशत नेपालमा नै खपत हुने तथ्याङ्कमा उल्लेख छ । अन्य करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी रकम भारत जाने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार इलाममा आठ हजार आठ सय ७६ किसान चियामा आश्रित छन् । इलामको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चिया खेती गरिँदै आएको छ । 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : ४८ बजे

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य