खोटाङका तीन वडासचिवविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर « Khabarhub

खोटाङका तीन वडासचिवविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ – सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालिन तीन वडासचिव विरुद्ध आरोप–पत्र दायर गरेको छ । सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको दावी सहित परेको उजुरीका आधारमा अख्तियारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तत्कालिन वडा सचिव मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठ विरुद्ध कसुर सजाय र विगो असुलउपरको मागदावी सहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

तीन जना विरुद्ध २०७४/०७५ र २०७५/०७६ मा सामाजिक सुरक्षाभत्ता वितरणमा दोहोरो पर्नेगरी, मानिस नै नभएको, मृत्यु भइसकेको, अभिलेख नै नभएको तथा बसाईसराई गरी अन्यत्र गएका व्यक्तिको समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई बनाएर हिनामिना गरेको उजुरी परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ को पहिलो चौमासिक किस्तामा नौ जना लाभग्राहीको नाम देखाएर ५५ हजार २०० हिनामिना गरेको दावी सहित आचार्य उपर सो रकम बिगो कायम गरी असुल उपर गर्न माग दावी गरिएको छ ।

यस्तै, जानुकाबाट आर्थिक वर्ष २०७४/०७५ को दोश्रो किस्तादेखि आर्थिक वर्ष २०७५/०७६ को दोश्रो किस्तासम्ममा ३० जनाको नाममा झिकेर हिनामिना भएको एक लाख ७७ हजार ६०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता असुलउपर गर्न दावी गरिएको छ । पवनमाथि आर्थिक वर्ष २०७५र०७६ को तेश्रो किस्तामा सात जनाको नाममा निकासा गरिएको ३५ हजार २०० रुपैयाँ सामाजिक सुरक्षाभत्ता हिनामिना गरेको आरोप छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : ५८ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने