सैनिक कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिए « Khabarhub

सैनिक कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिए


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी -नाइजेरियाको वायुसेनाले उत्तरपूर्वी राज्य बोर्नोमा हालै गरेको हवाई कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिएका छन् ।

बोको हरामका ‘कमाण्डर’ आफ्नो बोर्नोको एउटा गाउँमा सरेको र अन्य स्थानका चरमपन्थी लडाकूहरूसँगै बसेको गोप्य सूचनामा आधारित भएर वायु सेनाले गरेको कारबाहीमा ती लडाका मारिएका नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड ग्याब्क्वेटले बताएका छन् ।

वायुसेनाले गरेको हवाई हमलाको पहिलो लहरमा दर्जनौं लडाका मारिएका, केही जीवित लडाका मारिएकाहरूको शव लिन आउँदा सेनाले गरेको अर्को कारबाहीमा उनीहरूपनि मारिएका उनले बताए । दर्जनौँको अवस्था गम्भीर छ । सैनिक कारबाही सफल भएको तथा एक सयभन्दा बढी आतङ्ककारीलाई निष्प्रभावी गरिएको सैनिक प्रवक्ताले दाबी गरेका छन् । सेनाको यो कारबाहीले चाडपर्वको याम र आगामी आम निर्वाचनमा निर्दोष नागरिकमाथि आक्रमण गर्ने बोको हरामको क्षमतालाई क्षीण पारिएको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १० : १० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार