गजलमा डब्बु र सानुबाबुको ‘तिम्रो याद’ « Khabarhub

गजलमा डब्बु र सानुबाबुको ‘तिम्रो याद’


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गजलकार डब्बु क्षेत्री र गायक सानुबाबु महर्जनको सहकार्यमा नयाँ गजल ‘तिम्रो याद’को भिडियो सार्वजनिक भएको छ । गजलमा जुगल डंगोलको संगीत छ । गजलको भिडियो हाईलाईटस नेपालको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।

‘ब्राइटर तिम्रो सुर मेरो गीत’का फाईनलिस्ट बनेका महर्जन एक समय गायनमा निकै चर्चामा थिए । आधा दर्जन गीतिसंग्रह ल्याईसकेका महर्जनको स्वरमा यो गजल निकै मेलोडी बनेको छ ।

डब्बुका ‘झरी’, ‘गुवाली स्वरहरु’ जस्ता गजलसंग्रह बजारमा आइसकेका छन् । यो गजलको भिडियोको क्षेत्रीले नै निर्देशन र सम्पादन गरेका हुन् ।

गजलमा कलाकार निश्चल विक्रम पौडेल र सृष्टि कडरिया फिचर्ड छन् । मिलन शंकरको छायांकन रहेको भिडियोमा सुवास बुढाथोकीको कोरियोग्राफी र वीरेन्द्र भाट ‘विपिन’को रंग संयोजन छ । भिडियो पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ११ : २६ बजे

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन