कथकली नृत्यांगना मिलिनाको निधन « Khabarhub

कथकली नृत्यांगना मिलिनाको निधन


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)–प्रख्यात कथकली नृत्यांगना मिलिना साल्विनीको गत मंगलबार निधन भएको छ । फ्रान्समा रहेको भारतीय दुतावासले एक ट्वीट गर्दै यो कुराको जानकारी दिएको हो ।

इटलीमा जन्मिएकी साल्विनी नियमित रुपमा भारतको केरल आउने गर्थिइन् । केरलमा उनले कथकली सिकिन् र पेरिसमा भारतीय नृत्य शैलीका लागि एक स्कुल ‘सेन्टर मण्डप’ चलाइन् । भारत सरकारले अभिनय कला क्षेत्रमा उनको योगदानका लागि सन् २०१९ मा ‘पद्मश्री पुरस्कार’बाट सम्मान गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार उनीप्रति श्रद्धाञ्जली दिएका छन् । ‘सुश्री मिलिना साल्विनीलाई भारतीय संस्कृति प्रति उनको लगावका लागि चिनिनेछन । उनले पुरा फ्रान्समा कथकलीलाई लोकप्रिय बनाउनका लागि कैयौं प्रयास गरिन् । म उनको निधनमा दुःखी छु । मेरो समवेदना उनको परिवार र शुभचिन्तक प्रति छ । उनको आत्माले शान्ति पाओस्’, मोदीले ट्वीट गरेका छन् ।

साल्विनीले सन् १९६२ मा दुई वर्षको छात्रवृत्ति प्राप्त गरेपछि केरल कलामण्डलममा कथकली सिकेकी थिइन् । त्यसपछि उनले पेरिसमा नृत्य विद्यालय खोलिन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ११ : ४२ बजे

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते