कथकली नृत्यांगना मिलिनाको निधन « Khabarhub

कथकली नृत्यांगना मिलिनाको निधन


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)–प्रख्यात कथकली नृत्यांगना मिलिना साल्विनीको गत मंगलबार निधन भएको छ । फ्रान्समा रहेको भारतीय दुतावासले एक ट्वीट गर्दै यो कुराको जानकारी दिएको हो ।

इटलीमा जन्मिएकी साल्विनी नियमित रुपमा भारतको केरल आउने गर्थिइन् । केरलमा उनले कथकली सिकिन् र पेरिसमा भारतीय नृत्य शैलीका लागि एक स्कुल ‘सेन्टर मण्डप’ चलाइन् । भारत सरकारले अभिनय कला क्षेत्रमा उनको योगदानका लागि सन् २०१९ मा ‘पद्मश्री पुरस्कार’बाट सम्मान गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार उनीप्रति श्रद्धाञ्जली दिएका छन् । ‘सुश्री मिलिना साल्विनीलाई भारतीय संस्कृति प्रति उनको लगावका लागि चिनिनेछन । उनले पुरा फ्रान्समा कथकलीलाई लोकप्रिय बनाउनका लागि कैयौं प्रयास गरिन् । म उनको निधनमा दुःखी छु । मेरो समवेदना उनको परिवार र शुभचिन्तक प्रति छ । उनको आत्माले शान्ति पाओस्’, मोदीले ट्वीट गरेका छन् ।

साल्विनीले सन् १९६२ मा दुई वर्षको छात्रवृत्ति प्राप्त गरेपछि केरल कलामण्डलममा कथकली सिकेकी थिइन् । त्यसपछि उनले पेरिसमा नृत्य विद्यालय खोलिन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ११ : ४२ बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा