मुख्यमन्त्री पोखरेल भन्छन्– समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्छ | Khabarhub Khabarhub

मुख्यमन्त्री पोखरेल भन्छन्– समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्छ


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उनले प्रदेशलाई देशका अन्य प्रदेशमध्ये अब्बल बनाउन राजनीतिक दल र नेतृत्वकाबीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, “लोकतान्त्रिक मूल्य र मान्यतालाई कार्यरुप बनाउँदै नेतृत्वका बीचमा व्यक्तिगत मिठासपूर्ण व्यवहार हुन सके राम्रो सन्देश जानेछ । गण्डकी प्रदेशमा हिजोको परम्परा प्रतिपक्षी दलले निभाउने विश्वास गरेको छु ।”

सो अवसरमा मुख्यमन्त्री पोखरेलले निर्वाचित सदस्यले संविधानको व्यवस्था अनुसार छ वर्षको कार्यकालमा देश, सरकार र जनताको हितमा काम गर्न आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेकपा (एमाले)का प्रदेश अध्यक्ष नवराज शर्मा र माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ तथा प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले निर्वाचित सदस्यले देश, जनता र राष्ट्रको हितलाई सोचेर काम गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रियसभाको बुधबार सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशमा महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त, अन्य समूहमा माओवादी केन्द्रका सुरेशकुमार आलेमगर र दलिततर्फ माओवादीका भुवनबहादुर सुनार विजयी भएका थिए ।

विजयी तीनैजना उम्मेदवारलाई मुख्यमन्त्री पोखरेल र निर्वाचन अधिकृत जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले प्रमाणपत्र वितरण तथा माला र खादा लगाएर सम्मान गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ४ : ०० बजे

स्पेनलाई हराउँदै इंग्ल्यान्ड बन्यो युरोपेली च्याम्पियन

स्वीजरल्यान्ड – स्पेनमाथि नाटकीय जित हात पार्दै इंग्ल्यान्डले महिला युरो

साउनको सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल साउन १२ गते सोमबार। साउन

आज २०८२ साल साउन १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १२ गते सोमबार। साउन

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास