बागमती प्रदेशका यातायात मन्त्री दाहालले गरे यातायात कार्यालयको अनुगमन « Khabarhub

बागमती प्रदेशका यातायात मन्त्री दाहालले गरे यातायात कार्यालयको अनुगमन


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा जनशक्ति अभावका कारण हुने ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका छन्।

बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले यातायात कार्यालयमा दक्ष जनशक्तिको व्यवस्था गर्दै ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका हुन।

अनुगमनका क्रममा सेवालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिदै आवश्यक सुधारको प्रयास मन्त्रालयले गर्ने उनको भनाई छ।

मन्त्री दाहालले यातायातमा बिचौलियालाई अन्त्य गर्दै सेटिङ रोक्ने भन्दै यस्ता कार्य रोक्न निर्देशन दिए। उनले अहिले पनि कागजी झण्झट देखिएको भन्दै त्यसलाई अन्त्य गर्नका लागि देखिएको कानूनी जटिलता हटाइने दावी गरे।

अनुगमनका क्रममा मन्त्री दाहालले सेवाग्राहीसँग छलफल गर्दै देखिएका समस्याका बारेमा जानकारी र्लिएका थिए। सेवाग्राहीले घन्टौँ लाइन बस्दा पनि सहज रुपमा सेवा नपाएको भन्दै आक्रोश पोखेका थिए।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ४ : ५७ बजे

मिना खरेलले गरिन् मतदान

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ मिना खरेलले आज चितवन क्षेत्र–२

मन्त्री श्रेष्ठले गरिन् मतदान, सहभागिताका लागि सबैलाई आह्वान

काठमाडौं– नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले

मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी नागरिक निस्कासन गर्दै अष्ट्रेलिया

एजेन्सी– अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकस्मिक योजनाको रूपमा मध्य पूर्वमा

प्रतिनिधिसभा सदस्य निर्वाचन : मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८

मुगुमा किरियापुत्रीले गरे मतदान

मुगु– छायानाथ रारा नगरपालिका–१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको मतदान