निजी क्षेत्रको लगानी भित्र्याउन मधेश सरकार प्रयासरतः मुख्यमन्त्री राउत « Khabarhub

निजी क्षेत्रको लगानी भित्र्याउन मधेश सरकार प्रयासरतः मुख्यमन्त्री राउत


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निजी क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार हरसम्भव प्रयास गरिरहेकोे बताएका छन् ।

सप्तरी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउतले निजी क्षेत्रको लगानीबिना प्रदेशको विकास सम्भव नरहेकाले लगानी भित्र्याउन प्रदेश सरकार प्रयासरत रहेको बताएका हुन् ।

प्रदेश सरकारले ल्याएको उद्योग ऐनले उद्योगी व्यवसायीलाई मधेशमा लगानी गर्न सहज हुने उनको दाबी छ । मुख्यमन्त्री राउतले एक साताभित्रै यसको नियमावली आउन लागेको जानकारीसमेत गराए ।

कार्यक्रममा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले निजी क्षेत्रको लगानी आकर्षित गर्न मधेश सरकारले छिट्टै लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएका थिए । कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष लालुप्रसाद अग्रवाल, निवर्तमान अध्यक्ष अरुण प्रधानसहितले उद्योगी व्यवसायीका विविध समस्याहरूबारे मुख्यमन्त्रीलाई अवगत् गराएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ६ : २२ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान