विभेद अझै अन्त्य हुन सकेनः यादव « Khabarhub

विभेद अझै अन्त्य हुन सकेनः यादव


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अझै विभेद कायम रहेको बताएका छन् ।

बिहीबार धनुषाको लक्ष्मीनियाँमा सेन्ट्रल अस्पतालको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले जातजाति, अनुहार, भाषा, संस्कृतिलगायतका आधारमा हुँदै आएको विभेद अझै अन्त्य हुन नसकेको बताएका हुन् । उनले मुलुकलाई समृद्ध बनाउन गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार आवश्यक रहेको पनि बताएका छन् ।

स्वास्थ्य, शिक्षा र रोजगार मानव जातिका आधारभूत आवश्यकता रहेको पनि उनको भनाइ छ । अध्यक्ष यादवले यो अस्पतालले यस क्षेत्रका जनतालाई गुणस्तरीय सेवा दिने विश्वाससमेत व्यक्त गरे ।

कार्यक्रममा अस्पतालका सञ्चालक विजयकुमार झाले सेन्ट्रल अस्पताललाई मधेसको सबैभन्दा गुणस्तरीय र सुविधायुक्त बनाउने दाबी गरे । कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादव, लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवसहितले धारणा राखेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ९ : ३८ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा