सत्ता गठबन्धन जोगाउन एमसीसीको ‘व्याख्यात्मक घोषणा’को तयारी ! | Khabarhub Khabarhub

सत्ता गठबन्धन जोगाउन एमसीसीको ‘व्याख्यात्मक घोषणा’को तयारी !


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को व्याख्यात्मक प्रस्ताव घोषणा गरेर अगाडि बढ्न सत्ता गठबन्धनका नेता तयार भएका छन्।

प्रतिनिधिसभा बैठकमा पेश भइसकेको एमसीसीका कारण गठबन्धन टुट्ने खतरा बढेपछि नेताहरु नयाँ ढंगले जान तयार भएका हुन्। काँग्रेस महामन्त्री गगन थापाले गरेको प्रस्ताव अनुसार अब एमसीसीका केही बुँदामा ‘व्याख्यात्मक घोषणा’ हुनेछ।

सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसीको व्याख्यात्मक घोषणामा सकारात्मक देखिएका हुन्। सत्ता गठबन्धनका दोस्रो तहका नेताको छलफलमा व्याख्यात्मक घोषणाको प्रस्ताव अगाडि सारिएको हो। जहाँ एमसीसीमाथि शंका भएका बुँदाको व्याख्या गर्दै अगाडि बढ्ने सहमति छ। जसले सरकार र गठबन्धन जोगिने छ।

एमसीसी पास नभए काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोड्ने चेतावनी दिएपछि सत्ता गठबन्धनका दोस्रो तहका नेताले नयाँ ढंगले अगाडि बढ्ने सहमति गरेका हुन्। यो सहमति अनुसार माओवादी र एकीकृत समाजवादीले एमसीसीको व्याख्यात्मक घोषणा हुने भएपछि यसको पक्षमा मतदान गर्नेछन्। एमसीसीको पक्षमा मतदान गरेमा सत्ता गठबन्धन जोगिनेछ ।

दोस्रो तहका नेताले व्याख्यात्मक घोषणाबाट अगाडि बढ्ने सहमति गरे पनि शीर्ष नेताले यो विषयमा बोलेका छैनन्।

आइतबारको कार्यसूचीमा एमसीसी
आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ। संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुने उल्लेख छ।

सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख गरिएको हो। उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नेछन्।

यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गरेका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ५ : ४७ बजे

विद्यार्थी तथा कर्मचारीलाई मतदाता परिचयपत्र दर्ता विद्यालयमै सुरु

काठमाडौं– मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एम्आइटी) ले मतदाता परिचयपत्र दर्ता

चीनको औद्योगिक उत्पादन अक्टोबरमा ४.९ प्रतिशतले वृद्धि

बेइजिङ– चीनको आधिकारिक तथ्याङ्कअनुसार औद्योगिक उत्पादन अक्टोबरमा वार्षिक आधारमा ४.९

सुदूरपश्चिममा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन कार्यक्रम

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा

‘जेन-जी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण गरियो 

काठमाडौं– सरकारले ‘जेन-जी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण