युक्रेनमाथिको आक्रमण फराकिलो बनाउने रुसको घोषणा « Khabarhub

युक्रेनमाथिको आक्रमण फराकिलो बनाउने रुसको घोषणा

वार्ता अस्वीकार गरेपछि झन तनाव


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– वार्ताका लागि गरेको आह्वान युक्रेनले अस्वीकार गरेको भन्दै रुसले सबैतिरबाट आक्रमण गर्ने बताएको छ।

रुसी रक्षा मन्त्रालयले, किभले बेलारुसमा वार्ता गर्न अस्वीकार गरेपछि रूसी सेनालाई युक्रेनमा आफ्नो आक्रमणलाई सबै दिशाबाट फराकिलो बनाउन आदेश दिइएको हो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ताका लागि बेलारुसमा प्रतिनिधिमण्डल पठाउन तयार भएको बताएका थिए युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्याण्डमा वार्ता गर्नुपर्ने भनेपछि रुस आक्रमक बनेको हो। आफ्नो प्रस्ताव अस्वीकार गरेपछि रुस आक्रामक बनेको समाचार संस्था अल जजिराले लेखेको छ।

रुसी आक्रमण बढ्दै गएपछि युक्रेनको राजधानी किएभमा भोलि बिहानसम्मका लागि कफ्र्यू लगाइएको छ। रुसी सेना किएभ नजिकै पुगिसकेकाले कर्फ्यू लगाउने घोषणा गरिएको बीबीसीले जनाएको छ।

हिजो दिउँसोदेखि लागू गरिएको कर्फ्यू भोलि बिहानसम्मका लागि बढाइएको खबरमा उल्लेख छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : ३२ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा