युक्रेनमाथिको आक्रमण फराकिलो बनाउने रुसको घोषणा « Khabarhub

युक्रेनमाथिको आक्रमण फराकिलो बनाउने रुसको घोषणा

वार्ता अस्वीकार गरेपछि झन तनाव


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– वार्ताका लागि गरेको आह्वान युक्रेनले अस्वीकार गरेको भन्दै रुसले सबैतिरबाट आक्रमण गर्ने बताएको छ।

रुसी रक्षा मन्त्रालयले, किभले बेलारुसमा वार्ता गर्न अस्वीकार गरेपछि रूसी सेनालाई युक्रेनमा आफ्नो आक्रमणलाई सबै दिशाबाट फराकिलो बनाउन आदेश दिइएको हो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ताका लागि बेलारुसमा प्रतिनिधिमण्डल पठाउन तयार भएको बताएका थिए युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्याण्डमा वार्ता गर्नुपर्ने भनेपछि रुस आक्रमक बनेको हो। आफ्नो प्रस्ताव अस्वीकार गरेपछि रुस आक्रामक बनेको समाचार संस्था अल जजिराले लेखेको छ।

रुसी आक्रमण बढ्दै गएपछि युक्रेनको राजधानी किएभमा भोलि बिहानसम्मका लागि कफ्र्यू लगाइएको छ। रुसी सेना किएभ नजिकै पुगिसकेकाले कर्फ्यू लगाउने घोषणा गरिएको बीबीसीले जनाएको छ।

हिजो दिउँसोदेखि लागू गरिएको कर्फ्यू भोलि बिहानसम्मका लागि बढाइएको खबरमा उल्लेख छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : ३२ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।