युक्रेनमा रहेका २ सय २५ नेपाली दूतावासको सम्पर्कमा, १ सय ५० पोल्यान्ड पुगे  « Khabarhub

युक्रेनमा रहेका २ सय २५ नेपाली दूतावासको सम्पर्कमा, १ सय ५० पोल्यान्ड पुगे 



दोहा – युक्रेनमा रहेका २ सय २५ जना नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले अहिलेसम्म २ सय २५ जना दूतावासको सम्पर्कमा आएको बताए ।

दूतावासले ट्राभल एडवाइजरी जारी गर्दै युक्रेनमा रहेका सबै नेपाली नागरिकहरूलाई सीमा नाका हुँदै रोमानीया, पोल्यान्ड, हंगेरी र स्लोभाकिया प्रवेश गर्न अनुरोध गरिसकेको छ।

सीमा नाका प्रवेश गर्ने क्रममा आफ्नो परिचय खुल्ने कागजात राहदानी वा यात्रा अनुमति पत्र आवश्यक पर्ने भएमा आफ्नो राहदानीको फोटोकपी एक प्रति र डिजिटल फोटो एक प्रति दूतावासले उपलब्ध गराएको ठेगानामा पठाउन भनिएको छ ।

शनिबार मात्र राहदानी लगायत अन्य कागजात नभएका १९ जनाको ट्राभल डकुमेन्ट बनाइएको दूतावासले जनाएको छ । यो समाचार तयार पार्दासम्म युक्रेनमा रहेका १ सय ५० जनाभन्दा बढी नेपालीहरू पोल्यान्ड पुगिसकेको राजदूत खड्काले बताएका छन् ।

यसैगरी, तीन जना नेपाली स्लोभाकिया पुगिसकेका छन् । २३ जना त्यहाँको नाकामा प्रवेश गर्ने क्रममा रहेको बताइएको छ । दुई नेपाली हंगेरी पुगेका छन् भने एक जना नेपाली रोमानीया प्रवेश गरिसकेको र दुई जना प्रवेश गर्ने क्रममा त्यहाँको सिमानाकामा रहेको उनले बताए ।

पोल्याण्डले सिमानाका बाट प्रवेश गरेकालाई एक महिनाको भिसा दिने बताएको छ । साथै सीमा नाकाबाट प्रवेश गरिसकेपछि कुनै समस्या भएमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) वा नेपाली समुदायका नेतृत्वकर्ता वा अगुवाहरूलाई सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : ३४ बजे

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको