सहमतिमा एमसीसी छलफल गरेरै पारित गर्ने तयारी « Khabarhub

सहमतिमा एमसीसी छलफल गरेरै पारित गर्ने तयारी

प्रचण्ड र माधव नेपालको निर्णयले कांग्रेस खुशी


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : यदि भवितब्य केही भएन भने आइतबारको संसद् बैठकले एमसीसीलाई छलफलमा लैजाने भएको छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकले एमसीसी छलफलमा लैजाने र दलहरुबीचमा सहमति भएमा ताली बजाएर पारित गर्ने सम्भावना पनि छ ।

यसका लागि सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले एमसीसीलाई ब्याख्यात्मक व्यवस्थासहित पारित गर्ने निर्णय गरेका हुन् । शनिबार रातीसम्म बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीमा आ आफ्नो धारणाको सम्मान गर्दै सहमतिमै पारित गर्ने तयारी गरेका हुन् ।

एमसीसी पारित गर्ने विषयमा माओवादीले आफ्नो पूर्ववत अडान फेरेको छ । यस्तै समाजवादीले समेत आवश्यकतालाई सम्बोधन गर्ने भन्दै एमसीसी पारित गर्न सहयोग गर्ने भएको छ । एमालेलाई सरकारमा आउनबाट रोक्न पनि माधव नेपाल नेतृत्वको समाजवादी एमसीसी पारित गर्ने निष्कर्षमा पुगेको हो ।

यसका लागि माओवादी केन्द्र र समाजवादीले आफ्ना शीर्ष नेताहरुको बैठक बसेर निर्णय गर्ने योजना छ । पार्टीबाटै निर्णय गराएर एमसीसीलाई छलफलमा लैजाने र पारित गर्न कांग्रेसलाई सघाउने निर्णय गरेका हुन् ।

यसले सत्ताको नेतृत्व गरिरहेको कांग्रेसलाई प्रत्यक्ष फाइदा पुगेको छ । एमालेसँग पछिल्ला निरन्तर वार्ता सफल नभएपछि कांग्रेस सत्ता गठबन्धनको भरोसामा एमसीसी टुंग्याउन चाहिरहेको छ । आइतबारको संसद्, तीन दलको छुट्टाछुट्टै बैठकले यसलाई निर्णायक तहमा पुर्याउने कसरत छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ०१ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार