सहमतिमा एमसीसी छलफल गरेरै पारित गर्ने तयारी « Khabarhub

सहमतिमा एमसीसी छलफल गरेरै पारित गर्ने तयारी

प्रचण्ड र माधव नेपालको निर्णयले कांग्रेस खुशी


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : यदि भवितब्य केही भएन भने आइतबारको संसद् बैठकले एमसीसीलाई छलफलमा लैजाने भएको छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकले एमसीसी छलफलमा लैजाने र दलहरुबीचमा सहमति भएमा ताली बजाएर पारित गर्ने सम्भावना पनि छ ।

यसका लागि सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले एमसीसीलाई ब्याख्यात्मक व्यवस्थासहित पारित गर्ने निर्णय गरेका हुन् । शनिबार रातीसम्म बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीमा आ आफ्नो धारणाको सम्मान गर्दै सहमतिमै पारित गर्ने तयारी गरेका हुन् ।

एमसीसी पारित गर्ने विषयमा माओवादीले आफ्नो पूर्ववत अडान फेरेको छ । यस्तै समाजवादीले समेत आवश्यकतालाई सम्बोधन गर्ने भन्दै एमसीसी पारित गर्न सहयोग गर्ने भएको छ । एमालेलाई सरकारमा आउनबाट रोक्न पनि माधव नेपाल नेतृत्वको समाजवादी एमसीसी पारित गर्ने निष्कर्षमा पुगेको हो ।

यसका लागि माओवादी केन्द्र र समाजवादीले आफ्ना शीर्ष नेताहरुको बैठक बसेर निर्णय गर्ने योजना छ । पार्टीबाटै निर्णय गराएर एमसीसीलाई छलफलमा लैजाने र पारित गर्न कांग्रेसलाई सघाउने निर्णय गरेका हुन् ।

यसले सत्ताको नेतृत्व गरिरहेको कांग्रेसलाई प्रत्यक्ष फाइदा पुगेको छ । एमालेसँग पछिल्ला निरन्तर वार्ता सफल नभएपछि कांग्रेस सत्ता गठबन्धनको भरोसामा एमसीसी टुंग्याउन चाहिरहेको छ । आइतबारको संसद्, तीन दलको छुट्टाछुट्टै बैठकले यसलाई निर्णायक तहमा पुर्याउने कसरत छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ०१ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक