कांग्रेस जिल्ला अधिवेशन : सिन्धुपाल्चोकमा फागुन २७ र २८ मा « Khabarhub

कांग्रेस जिल्ला अधिवेशन : सिन्धुपाल्चोकमा फागुन २७ र २८ मा


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन यही फागुन २७ र २८ गते हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २७ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो ।

मनोनयन दर्ता गरेकै दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्ला सहसचिव अनुप न्यौपानेका अनुसार यसअघि पटक–पटक सर्दै आएको अधिवेशन फागुन अन्तिम साता गरिने निर्णय गरिएको हो । पार्टीका जिल्लाका शीर्षनेताको बैठकबाट सो निर्णय गरिएको उनले जानकारी दिए ।

बैठक निर्वाचन अधिकृत देवबहादुर महतका समन्वयमा बसेको थियो । बैठकमा केन्द्रीय सदस्य बस्नेत, जिल्ला सभापति विकास लामा, बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सहसचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलगायत सहभागी थिए ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका महासचिवसमेत रहनुभएका इन्द्रावती गाउँपालिका अध्यक्ष तामाङ र जिल्ला पार्टी सचिव बिलबहादुर तामाङले सभापतिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । त्यस्तै बालकृष्ण बस्नेत, डा प्रेमध्वज लामा, राजेन्द्र श्रेष्ठ र विष्णु खत्रीले पनि सभापतिमा दाबी प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ३७ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा