थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न « Khabarhub

थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भइ सहकार्य गर्ने प्रतिवद्धता सहित छैटौँ थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका–५ सिंहपुरमा आयोजित सो सम्मेलन १० बुँदे घोषणापत्र जारी गरेको छ ।

थारू मातृ भाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकामा विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोक साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्तावेजीकरणका लागि कार्य अगाडि बढाउने घोषणापत्र उल्लेख छ । घोषणापत्रमा भनिएको छ, ‘थारू समुदायका विषयवस्तु उठानका साथै आख्यान विधाका स्रष्टालाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने छन् ।’

थारू लेखक सङ्घ नेपालद्वारा स्थापित थारू भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने स्रष्टालाई सम्मान र पुरस्कारका लागि अक्षयकोष रकम बढाउने सम्मेलनले निर्णय गरेको छ । थारू भाषाको विकासका लागि आफ्नो भाषा बोल्ने, लेख्ने र छाप्ने, छपाउने काममा आएको तीव्रतालाई निरन्तरता दिने र सिर्जनशील लेखनलाई प्रोत्साहन गरिने सम्मेलनबाट निर्णय पारित भएको छ ।

सम्मेलन आयोजक समितिका सहसंयोजक वीरबहादुर राजवंशीले थरुहट क्षेत्रका प्रत्येक पालिकालाई थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण, विकासका लागि बजेट विनियोजन गर्न लगाउनका लागि दबाब सिर्जना गरिने निर्णय समेत सम्मेलनले गरेको छ । उहाँका अनुसार साहित्य सम्मेलनको स्मारिका प्रकाशित गर्ने घोषणापत्रमा जनाइएको छ ।

आगामी सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन बाँके जिल्लामा गर्ने निर्णयसमेत गरिएको छ । थारू लेखक सङ्घ नेपाल, थारू कल्याणकारिणी सभा, गोचाली परिवार, सिंहपुर युवाक्लबको आयोजनामा यही फागुन १२ देखि १४ गतेसम्म सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा थारू बुद्धिजिवी, साहित्यकार, कवि, लेखक, संस्कृतविद्को जमघट थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ५९ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा